ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्करी प्रकरणः थप दुई सय ९३ जना शंकाको घेरामा


एबीसी न्यूज
१२ श्रावण २०७५, शनिबार   ३ : १०   बजे

काठमाडौं, १२ साउन । सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धान गरेको टोलीले करिब तीन सय जनामाथि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।

तीन महिना लामो अनुसन्धानको निश्कर्षसहित सरकारलाई बुझाउन तयार प्रतिवेदनमा थप दुई सय ९३ जना शंकाको घेरामा रहेको उल्लेख छ।टोलीको कारवाहीमा पक्राउ परेका आरोपीहरुले बयानमा खुलाएका, उनीहरु व्यवसायिक साझेदार र सञ्जालमा रहेका उपर थप अनुसन्धान सिफारिस भएको हो। स्रोतका अनुसार अनुसन्धानमा खुलेका केही ब्यक्तिलाई मोरङ प्रहरी र संघीय सरकारबाट टोली बनाएर थप अनुसन्धान गर्न सिफारिस गरिएको छ।

सन्देहको घेरामा आएका ब्यक्ति उपर अनुसन्धान भइरहँदा टोलीको म्याद सकिएको थियो। दुबईमा पक्राउ परेका रमेश उप्रेती र बेनु श्रेष्ठमार्फत थप ब्यक्तिको संलग्नता पुष्टि हुनसक्ने टोलीको निष्कर्ष छ।

टोलीले प्रधानमन्त्री कार्यालय वा गृहमन्त्रालयले सुन तस्करी, हुण्डी र अवैध धनको अनुसन्धान गर्न स्थायी प्रकृतिको टोली गठन गर्नुपर्ने सिफारिस गरेको छ। प्रतिवेदनमा प्रहरी प्रधान कार्यालय वा प्रहरीका विशेष ईकाइ मार्फत अनुसन्धान जारी राख्न सकिने विकल्प समेत सिफारिस गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउन तयार रहेको प्रतिवेदनमा पक्राउ गरिएका आरोपी र उनीहरुविरुद्ध टोलीले बरामद गरेका प्रमाणसहितको विवरण समेत उल्लेख छ। यस्तै अनुसन्धानका तथ्यहरू, सुन तस्करीको अन्तर्राष्ट्रिय सञ्जालको सञ्चालन विधि लगायतका विषय फरक–फरक अध्यायमा समेटिएका छन्।
७ सय ५० पृष्ठ लामो मूल प्रतिवेदन पुस्तकमा टोलीले अनुसन्धान सुरु भएदेखि हालसम्म गरिएको कारवाहीको सम्पूर्ण विवरण उल्लेख छ। अध्यायहरुमा तस्करी, हुण्डी, सञ्जाल र कानूनी तथा प्रक्रियागत सुधारका विषय समावेश छन्। ‘अनुसन्धान प्रतिवेदन अन्तिम चरणमा पुगेको छ, हामी बुझाउने तयारी गरिरहेका छौं,’ अनुसन्धान टोलीका संयोजक सहसचिव ईश्वरराज पौडेलले भने।

सुन तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल भत्काउन बिशेष टोलीले नेपाल, भारत र दुबईसम्मको अनुसन्धान गरेको थियो। उर्लाबारीका युवा सनम शाक्यको हत्याको रहस्य सुल्झाउन अधिकार क्षेत्र नाघेर मोरङ गएको अपराध महाशाखाको सन्देह पूर्ण अनुसन्धानले चार दशक लामो सुन तस्करीको सञ्जाल भत्काउने मियो बनेको थियो।
२०७४ चैत २० को मन्त्रिपरिषद्को निर्णयबाट सहसचिव पौडेल संयोजक रहेको ९ सदस्यीय बिशेष टोली गठन गरेको थियो। टोलीले ७५ जनाविरूद् मुद्दा अदालतमा बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group