ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिनभर मौसममा बदली, ठूलो वर्षाको सम्भावना सतर्क रहन आग्रह


एबीसी न्यूज
२१ श्रावण २०७५, सोमबार   ९ : १६   बजे


काठमाडौं, २१ साउन । उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भैरहेको छ ।  आइतबार रातिदेखि लगातार पानी परिरहेको र आज दिनभरी नै उपत्यकासहित देशका धेरै ठाउँको मौसम यस्तै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् मन्जु बासीका अनुसार आज मध्य र पश्चिमका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ । केही ठाउँमा ठूलो वर्षा भइरहेकाले बाढी पहिरोको जोखिम बढेको छ । मध्य र पश्चिमी क्षेत्रका खोलानालामा बाढीको खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

शाखाले देशभरका नदीहरुको बहाव बढ्ने भएकोले सतर्क रहन अनुरोध गरेको छ । काठमाडौं उपत्यकामा समेत सचेत रहन आग्रह गरिएको छ ।

बाग्मती–खोकना बाढी केन्द्रमा बहाब सतर्कता तह नजिक र बढ्दो क्रममा रहेको जनाइएको छ । त्यसैगरी काठमाडौं उपत्यकाका नख्खु, मनोहरा, बागमती, धोवीखोला, विष्णुमती लगायतमा बहाब बढ्दो रहेको शाखाले जनाएको छ । शाखाले होचो क्षेत्रमा डुवान हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । सिनामंगल क्षेत्रमा बागमती नदी किनारमा बस्दै आएको सुकुम्बासी बस्ती बागमतीमा आएको बाढीले खतरामा परेको छ ।

भक्तपुरको मध्यपुरथिमिस्थित राधेराधे क्षेत्रमा पनि डुबान पर्न सक्ने छ । आइतबार ७० घर डुबानमा परेका थिए भने सोमबार बिहान पनि डुबानमा परिने डरले स्थानीय त्रसित भएका छन् । केही घरहरु हनुमन्ते खोलाले डुबाएको छ । स्थानीय प्रहरीले उद्दारका लागि तयार रहेको जनाएको छ ।

’देशैभर मध्यम बर्षाको संभावना छ र आज प्राय नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानूमान छ । कन्काई, कमला, बागमती लगायतमा बहाब आज दिउंसो सम्म सतर्कता आसपास हुने संभावना छ । दाङ, बांके, बर्दिया, कैलाली, सुर्खत, झापा, मोरङ, सुनशरी, सिन्धुली जिल्लामा सतर्क रहन पूर्वानुमान शाखाले आग्रह गरेको छ । आज राति पनि ठूलो वर्षाको अनुमान गरिएको छ । तर भोलिदेखि भने कम पानी पर्ने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : ४७७ जना सम्पर्कविहीन, ७९ सुरक्षाकर्मी र ३८४ पर्यटक

बाढीले थिलथिलो नेपाललाई राहतको हात, भारत–चीनसँगै विश्व बैंक अघि सर्‍यो

सम्बन्धित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

रसुवा बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन माग

रसुवा बाढीको असर सेयरबजारमा : नेप्से ३६ अंकले घट्यो, जलविद्युत् कम्पनीका लगानीकर्ता सबैभन्दा प्रभावित

एक्कासि आयो, सबै बगायो : भोटेकोशी बाढीको स्रोत खोज्दै नेपाल र चीन (भिडियो)

परराष्ट्रमन्त्रीले भोटेकोशी बाढीबारे सदनमा सरकारको जानकारी : भूकम्पपछि चीन सीमाबाट नेपाल पस्यो बाढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu