ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी र प्रहरीबीच भिडन्त, १५ माओवादी मारिएको दाबी


एबीसी न्यूज
२१ श्रावण २०७५, सोमबार   ५ : ०८   बजे

छत्तीसगढ,२१ साउन । भारत छत्तीसगढको सुकमा जिल्लामा सोमवार बिहान प्रहरी र भारतीय माओवादीका लडाकू बीच भएको मुठभेडमा १५ जना माओवादी मारिएको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार बस्तरका आइजी विवेकानन्द सिन्हालाई उधृत गर्दै भिडन्तपछि अहिले सो क्षेत्रमा खोजी कार्य भइरहेको छ । विस्तृत विवरण आउन बाँकी छ । प्रहरीले कोन्टा र गोलापल्ली क्षेत्रमा सय भन्दा धेरै माओवादी जम्मा भएको सूचना पाएपछि सीआरपीएफ, स्पेशल टास्क फोर्स र डिस्ट्रिक्ट रिजर्व फोर्सको संयुक्त टोलीले सर्च अभियान शुरू गर्यो ।

उनीहरुको साथबाट हतियार ठूलो मात्रामा गोला–बारूद पनि बरामद भएको बताइएको छ । पाँच लाख इनाम दिएर एक जना महिला माओवादीलाई प्रहरीले पक्राउ गर्यो र त्यसपछि उक्त सर्च अभियानमा यो सफलता भारतीय सुरक्षाकर्मीलाई मिलेको बताइएको छ ।
यो वर्षमात्रै सो क्षेत्रमा तीनवटा ठूलो घट्ना भएका छन् । २ मार्चमा तेल्ङगाना प्रहरीको सहयोगमा छत्तीसगढको बीजापुरमा आधा दर्जन महिला कमाण्डरसहित १० जना माओवादी मारिएका थिए । २२ अप्रलिमा पूर्वी महाराष्ट्रको के गढचिरौली जिल्लामा भएको मुठभेडमा ३७ माओवादीको शव बरामद गरेको भारतीय प्रहरीले बताएको थियो । त्यसैगरी १९ जुलाईमा बीजापुरमै ८ जना माओवादी मारिएका थिए । जसमा माओवादीका शीर्ष नेतासमेत रहेका भारतीय अधिकारीहरुले दाबी गरेका थिए ।

छत्तिसगढका मुख्यमन्त्री रमन सिंहले २ अगस्तमा माओवादी विरुद्धको कारबाहीलाई थप सशक्त पारिने बातएका थिए । मुख्यमन्त्री सिंहले त्यति बेला माओवादीहरुलाई ‘आत्मसमपर्ण गरेर राजनीतिक मुलधारमा आउन वा मर्नका लागि तयार रहन’ भनेका थिए ।

गएको ३ अगस्तमा दोरनापाल ९सुकमा० मा माओावादीले एक वर्षभित्र आफ्ना २०६ नेता कार्यकर्ता मारिएका र त्यसमा ७२ जना महिला भएको स्वीकार गरेको थियो । दण्डकारण्यमा सबैभन्दा धेरै १५० जनाको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu