ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियालाई सहयोग गर्न राष्ट्रसङ्घको निर्देशिका


एबीसी न्यूज
२२ श्रावण २०७५, मंगलबार   ३ : ४३   बजे

सिओल, २२ साउन –दक्षिण कोरियाले उत्तर कोरियाका लागि सरकारी स्तरबाटै मानवीय सहायता कार्यक्रम पुनः आरम्भ गर्ने तयारी गरेको छ । राष्ट्रसङ्घीय कार्यालयको अग्रसरतामा निर्माण गरिएको नयाँ निर्देशिका बमोजिम यस्तो सहायता कार्यक्रम अघि बढाउन लागिएको अधिकारीहरुले बताएका छन् ।

एक वर्षअघि, दक्षिण कोरियाले विश्व खाद्य कार्यक्रम र युनिसेफ मार्फत करिब ८० लाख अमेरिकी डलरको पोषणयुक्त खानेकुरा र खोपहरु जस्ता सहायता सामग्री प्रदान गरेको थियो । तर उत्तर कोरियाले आणविक परीक्षण समेतका कृयाकलापहरु अघि बढाएसँगै यो कार्यक्रम रोकिएको थियो ।

खाद्य उत्पादनमा आएको गिरावट र कुपोषणको अवस्थाबाट सङ्कटमा परेको उत्तर कोरियाका लागि मानवीय सहायता उपलब्ध गराउने अमेरिकी प्रस्तावलाई राष्ट्रसङ्घीय सुरक्षा परिषदले मन्जुरी दिएको छ ।

नयाँ निर्देशिका बमोजिम राष्ट्रसङ्घ र अन्य समूहहरुलाई उत्तर कोरियामा आफ्ना कृयाकलाप अघि बढाउन सहज भएको छ । सुरक्षा परिषद् समितिले नै उत्तर कोरियाली सरकारमाथि लागेका प्रतिबन्धहरुको कार्यान्वयन अनुगमन गरिरहेको छ ।

‘हाम्रो सरकारले ८० लाख अमेरिकी डलर नै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ,’ नाम नबताउने शर्तमा ती अधिकारीले बताए । ‘अब काममा तीव्र प्रगति हुने अपेक्षा गरिएको छ ।’ राष्ट्रसङ्घको नयाँ व्यवस्थाले उत्तर कोरियाका लागि थप मानवीय सहायता जुटाउन सिओललाई पनि बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५५ पुग्यो, ९३ घाइतेको उद्धार

भोटेकोशी बाढीपछि चीनको प्रतिबद्धता : ‘पानीको बहाव बढ्नेबित्तिकै नेपाललाई जानकारी दिन्छौँ’

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu