ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५ पटक मुख्यमन्त्री बनेका करुणानिधिको निधन


एबीसी न्यूज
२३ श्रावण २०७५, बुधबार   ७ : १४   बजे

चेन्नई, २३ साउन । द्रविड मुनेत्र कषगम (द्रमुक) प्रमुख एवं तमिलनाडुका पूर्वमुख्यमन्त्री एम करुणानिधि ९४ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ ।

उनी २२ दिनदेखि चेन्नईको कावेरी अस्पतालमा उपचाररत थिए । कावेरी अस्पतालले भनेको छ, ‘धेरै कोशिशका बावजूद हामीले उनलाई बचाउन सकेनौंं । करुणानिधिको साँझ ६.१० निधन भएको अस्पतालले जनाएको छ ।

म‌ंगलबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै अस्पतालले उनको स्वास्थ्य अवस्था नाजुक रहेको बताएको थियो । त्यसपछि अस्पताल बाहिर नेता कार्यकर्ता र शुभचिन्तकको बाक्लो भीड लागकोे थियो । करुणानिधिको पिसावमा संक्रमण र न्यून रक्तचापको समस्या देखा परेपछि गएको २७ जुलाईमा कावेरी अस्पतालमा भर्ना गरिएको थियो ।

करणानिधि ५ पटक मुख्यमन्त्री
करुणानिधि ५ पटक तमिलनाडुको मुख्यमन्त्री बनेका थिए । उनी पहिलो पटक १० फेब्रअरी १९६९ देखि ४ जनवरी १९७१ सम्म, दोस्रो पटक १५ मार्च १९७१ देखि ३१ जनवरी १९७६ सम्म मुख्यमन्त्री भए । त्यसैगरी तेस्रो पटक २७ जनवरी १९८९ देखि ३० जनवरी १९९१ सम्म, चौथों पटक १३ मई १९९६ देखि १३ मई २००१, र अन्तिम पटक १३ मई २००६ देखि १५ मे देखि २०११ सम्म मुख्यमन्त्री भएका थिए । उनी अन्तिम पटक अक्टूबर २०१७ मा सार्वजनिक कार्यक्रममा देखिएका थिए भने त्यस यता उनी सार्वजनिक भएका थिएनन् ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले करुणानिधि अस्पतालमा भर्ना भएपछि २७ फोन गरेर उनको स्वास्थ्य बारेमा जानकारी लिएका थिए भने कांग्रेस अध्यक्ष राहुल गान्धी अस्पताल पुगेर करुणानिधिको स्वास्थ्यबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वामपन्थी सहकार्य ढिला गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड

माधव नेपालको चेतावनी– ‘कुराले चिउरा भिज्दैन, अब गम्भीर आत्मसमीक्षाको खाँचो’

सम्बन्धित

भेनेजुएला भूकम्प: मृतकको संख्या १,४३० पुग्यो, ५१,७०० बेपत्ता

जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै

हर्मुज जलडमरूमध्यमा अमेरिका-इरान तनाव: युद्धविराम तोडिने खतरा, लगातार दोस्रो रात हवाई आक्रमण

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu