ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिक्टा सिंचाइ आयोजनाको छानबिन गर्न अख्तियारले बनायो ५ सदस्यीय टोली


एबीसी न्यूज
२५ श्रावण २०७५, शुक्रबार   ४ : १८   बजे

काठमाडौं, २५ साउन । अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिंचाइ आयोजनाको गुणस्तर परीक्षण गर्ने भएको छ ।

आयोजनाको परीक्षण गर्ने क्रममा पटक पटक नहर भत्किने समस्या देखिएपछि अख्तियारले नहरको गुणस्तर परीक्षण गर्न समिति गठन गरेको हो । आयोजनाको गुणस्तर परीक्षणका लागि अख्तियारले प्राविधिक सहसचिवको नृतत्वमा ५ सदस्यीय समिति गठन गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए ।

दंगालका अनुसार समितिले आयोजना स्थलगत अध्ययन गरी नहर तथा ड्याम निर्माणमा प्रयोग भएको प्रविधि, सामग्री र त्यसको गुणस्तरबारे छानबिन गर्ने छ ।

बाँके जिल्लामा निर्माण भइरहेको सिक्टा सिंचाइ आयोजनाको ठेक्का कालिका कन्सट्रक्सनले पाएको थियो । कालिका कन्सट्रक्सन पूर्व वनमन्त्री तथा राप्रपा प्रजातान्त्रिकका नेताको कम्पनी हो ।

तर आयोजनाका ९० प्रतिशत काम सकिएको भनेर नहर परीक्षण गर्दा पटक–पटक भत्किएपछि स्थानीयले छानबिनको माग गरेका थिए ।

परीक्षणका क्रममा दोस्रो पटक यही साउन ७ गते ढकेरी नजीकै नहर भत्किएपछि स्थानीय तहले गुणस्तर छानबिन गर्न माग गर्दै प्रदेश र केन्द्र सरकारलाई गुहारेको थियो ।

पटक पटक नहर भत्किन थालेपछि राप्तीसोनारी गाउँपालिकाले सिक्टा सिंचाइ आयोजनाको गुणस्तरमाथि प्रश्न उठाउँदै केन्द्र र प्रदेश सरकारसँग छानबिन गर्न माग गरेको थियो ।

परीक्षणका क्रममा पहिलो पटक २०७३ असार १४ गते सोही स्थानमा नहर भत्किएको थियो । परीक्षणका क्रममा पटक पटक नहर भत्किन थालेपछि राप्तीसोनारी गाउँ कार्यपालिकाको बैठकले गुणस्तर छानबिन गर्नुपर्ने निर्णय गरेको थियो ।

२०६३ सालबाट निर्माण सुरु गरिएको आयोजनाको बाँध र मूल नहरको ३५ किलोमिटर खण्डको काम सम्पन्न हुँदासम्म साढे १२ अर्ब रुपैयाँ खर्च भइसकेको छ। मूल नहरमा प्रतिसेकेन्ड ५० क्युसेक पानी बग्न सक्ने क्षमता छ। आर्थिक वर्ष २०७३/७४ का लागि आयोजनालाई सरकारले थप एक अर्ब २६ करोड रुपियाँ विनियोजन गरेको थियो। अहिलेसम्म ५० प्रतिशत निर्माणकार्य सम्पन्न भएको आयोजनाले जनाएको छ।

आयोजनाको सम्पूर्ण काम आव २०७६/७७ सम्म सम्पन्न हुने र लागत खर्च झन्डै २५ अर्ब पुग्ने अनुमान छ। कुल ४५ किमि मूल नहरमध्ये ३५ किमि खण्ड गत वर्ष सम्पन्न भएको थियो। चालू वर्ष बाँकी १० किमिको निर्माणकार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group