ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशको आर्थिक अवस्थामा छिट्टै सुधार : प्रधानमन्त्री ओली


एबीसी न्यूज
२६ श्रावण २०७५, शनिबार   ७ : ५३   बजे

काठमाडौँ, २६ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रवार प्रदेश नं ५ का सांसदसँगको छलफलमा उहाँले भन्नुभयो, “वर्तमान सरकारले विकास निर्माणका ठूला योजनाको प्रभावकारी कार्यान्वयनमा लागेकाले देशको आर्थिक अवस्थामा छिट्टै सुधार आउनेछ ।”

प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको पालामा देश गम्भीर आर्थिक सङ्कटमा पुगेको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारलाई जनताले विश्वास गरेर सुविधाजनक बहुमत दिएको हुँदा आफूहरु देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउने दृढता व्यक्त गर्नुभयो ।

छलफलमा सहभागी सांसद नन्दलाल रोकाया क्षेत्रीले प्रदेश नं ५ को विकास निर्माण, पछाडि परेका समुदायको उत्थान लगायत क्षेत्रमा सरकारको ध्यान जानुपर्ने आग्रह गर्नुभयो ।

मन्त्रीको काम कारवाहीलाई प्रभावकारी बनाई सबै स्थानमा समान ढङ्गको विकास निर्माणको कामलाई अघि बढाउन सरकारलाई सुझाव दिएको पनि उहाँले बताउनुभयो ।

जवाफमा प्रधानमन्त्री ओलीले विकास निर्माणको सही मार्गमा मुलुक अघि बढेकाले केही समय लागे पनि देशको आर्थिक समृद्धिको मुहार फेरिने बताउनुभएको सांसद रोकायाले जानकारी दिनुभयो ।

छलफलमा सांसद खिमलाल भट्टराई, सोमप्रसाद पाण्डे, नन्दलाल रोकाया, पूर्णकुमारी सुवेदी, हिराचन्द्र केसी, तुलसा थापालगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

⚡ भोटेकोशी बाढीको कहर : ९५ शव फेला, ६३ घाइते उपचाररत, २८ प्रहरी पनि सम्पर्कविहीन

भिडियो होइन, उद्धारमा हात बढाऔँ : रवि लामिछानेको आग्रह

सम्बन्धित

विपद्मा सहयोग गर्न चाहनुहुन्छ? सरकारले सार्वजनिक गर्‍यो ९ बैंकका १५ खाता

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

बाढीपछि सेना र निजी क्षेत्रबाट ११४ जनाको हवाई उद्धार

केरुङ नाकामा पहिरो, सडक अवरुद्ध

भोटेकोसी बाढी: राहत कार्यमा जुट्न संसद् बैठक अनिश्चितकालका लागि स्थगित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu