ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जथाभावी लगानी नगर्न लघुवित्तलाई अर्थमन्त्री खतिवडाको चेतावनी


एबीसी न्यूज
२८ श्रावण २०७५, सोमबार   ३ : ३३   बजे

काठमाडौं , २८ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले जथाभावी लगानी नगर्न लघुवित्त संस्थाहरुलाई चेतावनी दिनु भएको छ । अर्थमन्त्री खतिवडाले लघुवित्त संस्थाहरुलाई ग्रामिण क्षेत्रमा जान पनि आग्रह गर्नु भयो ।

उहाँले गरिवी घटाउने लक्ष्यका साथ दुर्गम ग्रामिण क्षेत्रमा पुग्न लघुवित्त संस्थाहरुलाई आग्रह गर्नु भएको हो । अर्थमन्त्री खतिवडाले चरम गरिवी र अभाव भएको ग्रामिण क्षेत्रमा जानका लागि स्थानीय तहसँग आवश्यक सहकार्य गर्न पनि लघुवित्त संस्थाहरुको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले गरिवीको क्षेत्रमा नेपालले केही प्रगति हासिल गरेको भएपनि त्यो समान नभएकाले धेरै गरिवी भएको ठाउँलाई लक्षित गरेर सरकारले आयआर्जनको कामलाई अघि बढाउने योजना पनि अघि सार्नु भयो ।

सोमबार काठमाडौंमा आयोजित स्वावलम्बन विकास केन्द्रको २७ औं वार्षिकोत्सव तथा लघु उद्यमशीलता विकास पुरस्कार समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले गरिवी घटाउँदै लैजाने अभियानमा सरकारले लघुवित्त संस्थाहरुसँग सहकार्य गरेर अघि बढन चाहेको पनि स्पष्ट पार्नु भयो ।

अर्थमन्त्री खतिवडाले जथाभावी लगानी नगर्न पनि लघुवित्त संस्थाहरुलाई सचेत गराउनु भयो । उहाँले सुगम क्षेत्रमा पर्याप्त वित्तिय संस्थाहरु रहेकाले दुर्गम क्षेत्रमा जान सबै तयार हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । अर्थमन्त्री खतिवडाले व्याजदरलाई व्यवस्थित बनाउन पनि बैंक तथा वित्तिय संस्थालाई पुनः निर्देशन दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन, ७३ जना त्रिशूली–१ परियोजनामा कार्यरत

रसुवा बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, पूर्वी नवलपरासीमा थप ८१ शव फेला

सम्बन्धित

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

बाढीपीडितलाई सहयोग गर्न रकमको सीमा हटायो राष्ट्र बैंकले

भोटेकोसी बाढीपछि सञ्चार सेवा पुनर्स्थापनामा जुट्यो नेपाल टेलिकम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu