ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसिया मामिला छिट्टै हल हुने सम्भावना बढेको छ : श्रममन्त्री विष्ट


एबीसी न्यूज
३० श्रावण २०७५, बुधबार   ३ : ४६   बजे

काठमाडौं ,३० साउन । श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया सरकार नेपालसँग श्रम सम्झौता अत्यन्तै सकारात्मक रुपमा अगाडि बढेको बताउनुभएको छ ।

सिंहदरबारमा बुधबार बसेको आपुर्ति तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा मन्त्री बिष्टले मलेसियासँग श्रम सम्झौता गर्ने गरी औपचारिक र अनौपचारिक रुपमा छलफल भईरहेको भन्दै मलेसिया मामिला छिट्टै हल हुने सम्भावना बढेको जानकारी दिनुभयो ।

मन्त्रीले विष्टले मलेसिया सरकारको पछिल्ला कदमहरु स्वागत योग्य रहेको धारणा राख्नुभयो । श्रम मन्त्रालयले मलेसिया जाने कामदारमाथि गैरकानुनी संयन्त्र बनाएर शोषण गरेको भन्दै जेठ २ गतेदेखि मलेसियामा कामदार पठाउन बन्द गरेको थियो ।

मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमले चालु आर्थिक वर्षमा कम्तीमा एक लाख व्यक्तिलाई रोजगार सिर्जना गर्न नयाँ कार्यक्रम ल्याउन लागेको धारणा पनि राख्नुभयो । मन्त्री विष्टले अबको दुई महिनाभित्र सामाजिक सुरक्षा कार्यक्रम लागू भईसक्ने भन्दै स्वदेशमै रोजगारको वृद्धि गर्दै नेपालको श्रमशक्तिलाई विकास र समृद्धिका लागि प्रयोग गरिने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

बैठकमा सांसद विन्दा पाण्डेले वैदेशीक रोजगारमा जाने कामदारको हितको पक्षमा सरकारले आफ्नो अडान राखेको बिषय सही भएको बताउनुभयो । सांसद देवेन्द्र पौडेलले वैदेशिक रोजगारीमा गएका कामदारलाई फर्काउनका लागि सरकारले दीर्घकालिन योजना पेश गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै समिति अन्य समिति सदस्इहरुलेश्रम क्षेत्रलाई अझ ब्यबस्थीत गर्न सरकारले कार्ययोजना ल्याउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन, ७३ जना त्रिशूली–१ परियोजनामा कार्यरत

रसुवा बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, पूर्वी नवलपरासीमा थप ८१ शव फेला

सम्बन्धित

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

बाढीपीडितलाई सहयोग गर्न रकमको सीमा हटायो राष्ट्र बैंकले

भोटेकोसी बाढीपछि सञ्चार सेवा पुनर्स्थापनामा जुट्यो नेपाल टेलिकम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu