ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पापिनी आमा, जसले गरिन आफ्नै जुम्ल्याह छोरीको हत्या


एबीसी न्यूज
३१ श्रावण २०७५, बिहिबार   ४ : ४६   बजे

ताप्लेजुङ,३१ साउन । ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की एक आमाले आफ्नै जुम्ल्याह छोरीको हत्या गरेकी छन् ।

शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको हो भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ । छोरीको हत्यापछि फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् ।

जुम्ल्याह छोरीलाई शेफ्टी ट्यांकीमा हालेर हिँडेकी कमला भर्खर २० वर्षकी भएकी छन् । उनले उदपयुरका गाडीका सहचालकसँग भागी बिहे गरेकी थिइन् ।

कमलाकी आमा संजमायाका अनुसार २६ गते छोरी र नातिनीलाई घरमा छाडेर उनी तलको घरमा झरेकी थिइन् ।

बुधबार माथिको घरमा जाँदा कोही पनि भेटिनन् । बस्तुभाउलाई घाँस काट्ने क्रममा सेफ्टीट्यांकीमा बच्चा रोएको सुनेपछि उनीहरुले छिमेकीलाई खबर गरे ।

त्यहाँ खाल्डे चर्पी थियो । स्थानीयले त्यही चर्पीबाट जमुनालाई जीवितै उद्दार गरे । मलमूत्रले लत्पतिएको अवस्थामा उद्दार गरिएकी जमुनालाई स्थानीयले स्थानीय अस्पतालमा लगे । त्यहाँ उपचार सम्भव नभएसम्म एम्बुलेन्समा हालेर बिर्तामोड पुर्‍याए ।

कमलाकी आमा संयमायासँग आफ्नी नातिनीको उपचार गर्न अस्पताल लैजाने पैसासमेत थिएन । स्थानीयले केही रकम संकलन गरेर एम्बुलेन्सको खर्च जुटाएका थिए ।

गंगाको भने सेफ्टी ट्यांकीमा नै मृत्यु भएको थियो । प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापाका अनुसार दुबैलाई कुटपिट गरेर हत्या गरी फालेको आशंका गरिएको छ ।कमला कता गइन् भन्ने खुलेको छैन ।

प्रहरी निरीक्षक थापाका अनुसार संजमायाले प्रहरीमा जाहेरी दिएकी छिन् भने कमलाको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन, ७३ जना त्रिशूली–१ परियोजनामा कार्यरत

रसुवा बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, पूर्वी नवलपरासीमा थप ८१ शव फेला

सम्बन्धित

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

बाढीपीडितलाई सहयोग गर्न रकमको सीमा हटायो राष्ट्र बैंकले

भोटेकोसी बाढीपछि सञ्चार सेवा पुनर्स्थापनामा जुट्यो नेपाल टेलिकम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu