ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबको शिक्षा प्रविधियुक्त हुनुपर्छ: मुख्यमन्त्री गुरुङ


एबीसी न्यूज
२ भदौ २०७५, शनिबार   ११ : ४८   बजे

 

पोखरा, २ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेरोजगार उत्पादन गर्ने शिक्षा नीति बदल्नु पर्ने बताउनुभएको छ ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ पाउदूरस्थित धारापानी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहको उद्घाटन गर्दै उहाँले अबको शिक्षा प्रविधियुक्त हुनुपर्ने उल्लेख गर्नुभयो ।

जनता आफँै उद्यमी बन्ने खालको शिक्षाको खाँचो औँल्याउँदै उहाँले ढिकुरपोखरीमा एग्रोयन्जिनियरिङ क्याम्पस स्थापना गर्न ढिलाइ गर्नु नहुने बताउनुभयो ।

पाँच वर्षमा गरिबी ५० प्रतिशत घटाएर प्रदेशलाई मुलुककै नमूना प्रदेशका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले आगामी पाँच वर्षभित्र वृद्धभत्ता मासिक रु पाँच हजार पु¥याउने योजना रहेको बताउनुभयो ।

सङ्घीय सांसद दुर्गा विकले विगतको शिक्षा प्राविधिक नहुँदा धेरै नेपाली बेरोजगार बस्नु परेको स्मरण गर्दै शिक्षालाई व्यावहारिक बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले नैतिक शिक्षाको खाँचो रहेको बताउँदै रोजगारमूलक शिक्षा विद्यालय तहबाटै पठनपाठन गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य राजीव पहारीले सो विद्यालयलाई रु ३३ हजार मूल्य बराबरका दुई वटा युरोगाड सहयोग गर्दै अन्नपूर्ण गाउँपालिका–३ मा एक घर एक धारा अभियानलाई पूर्णता दिन आफ्नोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्व सांसदद्वय सोमनाथ अधिकारी प्यासी र सीता गिरी वली, समाजसेवी पुण्यप्रसाद पौडेल, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, शिक्षा समन्वय एकाइका प्रतिनिधि विष्णु पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ कुलु, अन्नपूर्ण–३ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ, माछापुच्छे« माविका प्रधानाध्यापक घनश्याम पौडेललगायतले शिक्षामा आमूल परिवर्तनको खाँचो औँल्याउनुभएको थियो ।

हीरक जयन्ती मूल आयोजक समितिका अध्यक्ष भेषराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त अवसरमा मुख्यमन्त्री गुरुङले विद्यालयको हातामा हीरक स्तम्भको शिलान्यास गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाको बाढीले सार्वजनिक यातायातमा व्यापक क्षति, दर्जनौं बस सम्पर्कविहीन

राष्ट्रपति पौडेलले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिए

सम्बन्धित

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

बाढीपीडितलाई सहयोग गर्न रकमको सीमा हटायो राष्ट्र बैंकले

भोटेकोसी बाढीपछि सञ्चार सेवा पुनर्स्थापनामा जुट्यो नेपाल टेलिकम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu