ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले सत्ताको दुरुपयोग गर्दैन: प्रधानमन्त्री ओली


एबीसी न्यूज
३ भदौ २०७५, आइतबार   ३ : ४२   बजे

काठमाडौं ,३ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ताको दुरुपयोग नगर्ने स्पष्ट पार्नुभएको छ ।

राष्ट्रिय सूचना दिवस २०७५ का अवसरमा राष्ट्रिय सूचना आयोगले आईतबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उहाले सरकारले सत्ताको दुरुपयोग नगर्ने बताउँदै पारदर्शिता र सभ्य समाज निर्माणको दिशामा लागेको बताउनुभयो ।

उहाले यसअघिको सरकारले बहुमतका आडमा महाअभियोगको प्रस्ताव सदनमा ल्याएको भन्दै दुईतिहाई छ भन्दैमा वर्तमान सरकारले भने यस्ता प्रकारको दुरुपयोग नगर्ने स्पष्ट पार्नुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले कांग्रेसलगायत सबैलाई विषयवस्तु अध्ययन गरेर मात्र सरकारको विरोध गर्न सुझाव दिनुभयो ।

सरकारले राष्ट्रलाई आवश्यक पर्ने कुराहरुको संशोधन गर्दै जाने भन्दै उहाले कसैको निर्देशनमा विरोधमा उत्रनुको कुनै तुक नभएको टिप्प्णी गर्नुभयो । उहाले भाद्र १ गतेदेखि जारी भएको देवानी संहिता धेरै अघि देखिनै छलफलमा आएको र १ बर्षअघि नै पारित भएको भन्दै ऐन नियम पालना गर्न र गराउनको लागि बनाएको धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओलीले सबैलाई समान हक अधिकार प्रदान गर्न सरकार तत्पर रहेको बताउनुभयो । उहाले सरकारको सूचना आफूले पाउनुभन्दा पहिले नै चुहावट हुने गरेको भन्दै गोपनियताको ख्याल गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हक र पहुचलाई आमजनतामाफ पुराउनका लागी बिद्यालय स्तरदेखि बिभिन्न तह र तप्कामा छलफल चलाईएको बताउनुभयो ।

२०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भई भदौ ३ गतेदेखि लागु भएको स्मरणमा दिवस मनाइने गरेको हो । हाल कक्षा ६, ७, ९ र ११ को पाठ्यक्रममा सूचना हकको विषय समावेश छ भने नेपाल सरकारका २२ वटा तालिम केन्द्रको पाठ्यक्रममा सूचनाको हक समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाको बाढीले सार्वजनिक यातायातमा व्यापक क्षति, दर्जनौं बस सम्पर्कविहीन

राष्ट्रपति पौडेलले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिए

सम्बन्धित

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

बाढीपीडितलाई सहयोग गर्न रकमको सीमा हटायो राष्ट्र बैंकले

भोटेकोसी बाढीपछि सञ्चार सेवा पुनर्स्थापनामा जुट्यो नेपाल टेलिकम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu