ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुपाल्चोकमा अझै पनि भूकम्पपीडित टहरामा


एबीसी न्यूज
७ भदौ २०७५, बिहिबार   ४ : १७   बजे

चौतारा, ७ भाद्र । भूकम्प गएको ४१ महिना बितिसक्दा पनि अति प्रभावित सिन्धुपाल्चोकमा हालसम्म ५२ प्रतिशतले मात्र नयाँ घरमा बस्न पाएका छन् भने ४८ प्रतिशत पीडित परिवारले अझै पनि टहरोमा नै कष्टकर जीवन बिताइरहेका छन् ।

जिल्लामा कूल लाभग्राही ८६ हजार ९७१ परिवारमध्ये ४४ हजार ७३४ परिवारले मात्र नयाँ घर निर्माण गरी बसिसकेका छन् । ७७ हजार ५८२ परिवारले निर्माण कार्य शुरु गरेका र नौ हजार ३८९ परिवारले अहिलेसम्म घर निर्माण शुरु नै नगरेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका निमित्त प्रमुख इञ्जिनियर टङ्क गौतमले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म ७६ हजार १७७ परिवारको दोस्रो र ४८ हजार परिवारको तेस्रो किस्ता सिफारिश गरिसकिएको छ । जिल्लामा शुरुको अवस्थामा ७८ हजार ५३७ परिवार लाभग्राहीको सूचीमा थिए ।

गुनासोमा दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएपछि लाभग्राही सूचीमा पनि वृद्धि भई ८३ हजार ९७१ पुगेको हो । २०७४ मङ्सिर मसान्तसम्म गुनासोमा दर्ता गर्नेको सङ्ख्या २३ हजार ९५८ मध्ये आठ हजार ४३४ परिवारले अनुदान पाउने निर्णय भएको र बाँकीको टुङ्गो लाग्न बाँकी भएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जानकारी दिएको छ ।

भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्येको सिन्धुपाल्चोकका विभिन्न स्थानमा बसोबास गर्दै आएको कतिपय परिवारको जमीन पहिरो गएको तथा जमीन भास्सिएर चिरा परी बस्नै नहुने अवस्थाका छन् ।

अति जोखिममा रहेका ६९३ परिवारमध्ये १५३ परिवारलाई रु दुई लाखका दरले उपयुक्त ठाउँमा घडेरी खरीद गरिएको छ र बाँकीको हकमा चाँडै टुङ्गो लगाइने स्थानीय पूर्वाधार कार्यालयप्रमुख जिल्ला इञ्जिनियर माधवजङ्ग कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किरण थापा मगरले पाए विश्वासको मत, राप्रपाका ७ सांसदले गरे फ्लोर क्रस

मुक्त हरवा–चरवाको दबाब प्रदर्शन, पुनःस्थापना र अधिकार सुनिश्चित गर्न माग

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu