ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुक्त हरवा–चरवाको दबाब प्रदर्शन, पुनःस्थापना र अधिकार सुनिश्चित गर्न माग


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ७ : ४५   बजे

जनकपुरधाम । मुक्त घोषणा भएको वर्षौं बितिसक्दा पनि भूमि, आवास, सामाजिक सुरक्षा तथा सम्मानजनक जीवनको अधिकार सुनिश्चित नभएको भन्दै मुक्त हरवा–चरवाहरूले मधेस प्रदेशको राजधानी जनकपुरधाममा दबाबमूलक प्रदर्शन गरेका छन्।

नवगठित मुक्त हरवा–चरवा संघर्ष समितिको आयोजनामा मंगलबार गरिएको प्रदर्शनमा मधेस प्रदेशका आठवटै जिल्लाबाट आएका मुक्त हरवा–चरवा, अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

रेलवे स्टेशनबाट सुरु भएको विरोध र्याली जनकपुरधामका विभिन्न मुख्य सडक हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेको थियो। प्रदर्शनकारीहरूले मुख्यमन्त्री कार्यालयको मूल प्रवेशद्वार अगाडि धर्ना दिँदै आफ्ना माग तत्काल सम्बोधन गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन्।

‘मुक्तिको घोषणा भयो, जीवनमा परिवर्तन आएन’

प्रदर्शनका क्रममा संघर्ष समितिका सदस्य लागेन्द्र सदाले सरकारले हरवा–चरवा प्रथा अन्त्य गरी मुक्त घोषणा गरे पनि व्यवहारमा उनीहरूको जीवनस्तरमा अपेक्षित परिवर्तन नआएको गुनासो गरे।

समितिका प्रतिनिधिहरूले मुक्त हरवा–चरवामध्ये धेरै अझै पनि भूमि, सुरक्षित आवास, रोजगारी र सामाजिक सुरक्षाजस्ता आधारभूत अधिकारबाट वञ्चित रहेको बताएका छन्। सरकारले घोषणा गरेअनुसार पुनःस्थापना तथा लक्षित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा मुक्त समुदाय थप समस्यामा परेको उनीहरूको भनाइ छ।

प्रदर्शनकारीहरूले मुक्त हरवा–चरवाको पहिचान, अधिकार र उचित पुनःस्थापनासम्बन्धी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन प्रदेश सरकारसँग माग गरेका छन्।

आन्दोलन थप सशक्त बनाउने चेतावनी

मुक्त हरवा–चरवा संघर्ष समितिले आफ्ना माग सुनुवाइ नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ।

समितिले दोस्रो चरणको आन्दोलनअन्तर्गत भदौ १० गते बुधबार पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिने जनाएको छ। सोही दिन प्रदेश सरकारलाई औपचारिक रूपमा मागपत्र बुझाउँदै समस्या समाधानका लागि तत्काल पहल गर्न दबाब दिइने संघर्ष समितिले जनाएको छ।

मुक्त घोषणा भए पनि व्यवहारमा पुनःस्थापना र अधिकार सुनिश्चित हुन नसकेको भन्दै संघर्ष समितिले सरकारको ध्यान अब घोषणाभन्दा कार्यान्वयनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौ २५–२७ मा एमाले केन्द्रीय कमिटी बैठक बोलाउने ओलीको निर्देशन

किरण थापा मगरले पाए विश्वासको मत, राप्रपाका ७ सांसदले गरे फ्लोर क्रस

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

उपल्लो मुस्ताङका ६ सय वर्ष पुराना चोर्टेन संरक्षणको पर्खाइमा

 सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध निर्वाचित

Russia Faces Growing Mobilization Fears as Recruitment Tactics Intensify

Rwanda Accuses DR Congo of Supporting Rwandan Armed Group

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu