टोकियो,१२ भाद्र । जापानको राजधानि टोकियोमा आयोजना भएको दुई दिने ११ औ संस्करणको नेपाल फेष्टिवल २०१८ भब्य रुपमा सम्पन्न भएको छ । एनआरएनए जापान र नेपाली राजदूतावास जापानको संयुक्त रुपमा आयोजना भएको नेपाल फेष्टिवल २०१८ शनिवार र आईतवार टोकियोस्थित कोमाजावा ओलम्पिक पार्कमा सम्पन्न भएको हो । आयोजकले दिएको जानकारी अनुसार यस पटकको नेपाल फेष्टिवलमा अहिले सम्म कै अत्यधिक दर्शकको सहभागिता रहेको जनाएको छ ।
टोकियोको गर्मिलाई बेवास्था गर्दै सहभागि भएको दर्शकलाई आयोजकले आभार ब्यक्त गरेको छ । फेस्टिवल सम्पन्न गर्न सबैको सहयोगले नै सम्पन् भएकोमा संयोजक तथा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारीले फेस्टिवलमा सहयोग गर्ने सबैमा आभार ब्यक्त गर्नुभयो । यस वर्षको फेष्टिवलमा बौद्ध स्तूप दर्शकको आर्कषण रहेको थियो । फेष्टिवलमा नेपालीहरु बौद्ध स्तुपमा फोटो लिनेको संख्या अत्यधिक देखियो । त्यसैगरी नेपाल फेष्टिवलमा रहेको रक कम्वालिङमा भने विदेशहरुको आकर्षण रहेको थियो । नेपाल फेष्टिवलमा नेपाल आईडलको प्रस्तुती युवाहरुको आकर्षण रहेको थियो ।
जापानमा रहेका युवा पुस्ताको उपस्थिति नेपाल आईडलको प्रस्तुतिमा देख्न सकिन्थौ । नेपाल फेष्टिवलमा गैरआवासिय नेपाली संघ आइसीसी अध्यक्ष भवन भट्ट , एनआरएनए आइसीसीका पदाधिकारीहरु ,एनआरएनए हङकङ अध्यक्ष टीका गुरुङ, त्यस्तै कोरियाका अध्यक्ष लक्ष्मि गुरुङको विशेष उपस्थिती रहेको थियो ।
नेपाल फेष्टिवल २०१८ मा जापानस्थित विधिन्न संघसंस्थाको प्रतिनिधीहरु लगाएत जापानी तथा नेपाली साथै अन्य मुलुकका मानिस हरुको पनि वाक्लो सहभागि रहेको एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेतले जानकारी दिनुभयो । नेपाल फेस्टिवलको उद्घाटन जापानका लागि नेपाली राजदूत प्रतिभा राणा ,नेपालका लागि जापानी पूर्व राजदूत मासासी ओगावा ,गैरआवासिय नेपाली संघ आइसीसीका प्रवक्ता भूषण घिमिरे ,यूवा संयोजक सुदन थापा ,एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामाले संयुक्त रुपमा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्