ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनस्वास्थ्यमाथि खेलवाड गर्ने छुट कसैलाई छैन – प्रमुख दाहाल


एबीसी न्यूज
२० भदौ २०७५, बुधबार   १२ : २८   बजे

चितवन, २० भाद्र । भरतपुर महानगरपालिकाले जैविक कृषि उत्पादनलाई अभियानको रुपमा अगाडि बढाउने भएकोे छ । भरतपुरलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउदै जैविक कृषि उत्पादनलाई प्रथामिकता दिने भरतपुर महानगर पालिकाले तयारी गरेको हो ।
भरतपुर महानगरपालिका वडा न १४ र नेपाल जनस्वास्थ्य प्रतिष्ठान परियोजनाले आयोजना गरेको समृद्धि आईपीएम कृषक पाठशाला तालिमको समापन कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले कृषिमा जैविक विधी अपनाएर स्वच्छ र गुणस्तरीय उत्पादन गर्न किसानहरूलाई आग्रह समेत गरिन ।
‘रासायनिक मल र मानव स्वास्थ्यलाई हानी पु¥याउने विषादीको प्रयोगमा रोक लगाउन भरतपुर महानगरपालिका विषादी प्रयोग नियन्त्रण ऐन निर्माणको चरणमा रहेको छ’ उनले भनिन्न – ऐन कार्यान्वयनमा आएपछि मानव स्वास्थ्यलाई हानी पु¥याउने विषादीको प्रयोगमा रोक लाग्ने छ ।
स्वस्थ र गुणस्तरीय उत्पादनले मात्र स्वस्थ नागरिक, स्वस्थ समाज निर्माण हुन सक्ने बताउँदै त्यस्तो जनशक्तिले राष्ट्रको आवस्यकता परिपूर्ति गर्ने बताउँदै उनले विषादीको प्रयोग गरेर जनस्वास्थ्यमाथि खेलवाड गर्ने छुट कोही कसैलाई नभएको समेत दाहालले बताईन ।
प्रमुख अतिथी प्रमुख दाहालले भरतपुर महानगरपालिकाले जैविक सुरक्षा, माटो परीक्षण र गुणस्तर वृद्धि, जैविक उत्पादन वृद्धिका साथै कृषिमा यान्त्रीकीकरण गर्दै गुणात्मक उत्पादकत्व वृद्धिमा विशेष कार्यक्रमहरू अगाडि बढाएको समेत जानकारी गराईन ।

२२ हप्ता सम्म चलेको (आईपीएम )कृषक पाठशालामा किसानहरुले जैविक उत्पादन पद्धतिको बारेमा ज्ञान सीप हासिल हासिल गरेका थिए । प्रशिक्षक रमा ढुड्गानाले कृषकहरूलाई कसरी जैविक विधी अपनाएर फलफूल तरकारी तथा खाद्यान्न बाली उत्पादन गर्न सकिन्छ भन्ने विषयमा तालिम दिएको जनकारी दिइन। तालिममा किसानलाई घरेलु विषादीको उत्पादन र प्रयोग, मित्र र सत्रु कीराहरूको पहिचान प्राङ्गारिक मलको उत्पादन र प्रयोग रासायनिक मलको प्रयोगको अन्त्य, माटो परीक्षण र माटो संरक्षणसम्बन्धी सम्पूर्ण जानकारी दिइएको थियो ।
प्रशिक्षार्थी भरत पोडेलले तालिम अवधीभर जैविक विधिसम्बन्धी महत्वपूर्ण ज्ञान र सीप हासिल गरेको बताए । । कार्यक्रममा भरतपुर महानगरपालिका सामाजिक महाशाखा प्रमुख सिर्जना थपलियाले बिषादीको रोकथाम र जैविक पद्धतिको अवलम्बन गर्न समृद्धि आईपीएम पाठयाला सफल हुने बिश्वास व्यक्त गरे। वडाअध्यक्ष ओमप्रकाश पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group