रौतहट, २० भाद्र। रौतहट जिल्लाको गुजरा नगरपालिकामा अवैध रुपमा उत्पादन गर्दै आएको अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने सामग्री प्रहरीले नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरिक्षक विकास थपलिया नेतृत्वको टोलीले बुधबार गुजरा नगरपालिका वार्ड नम्वर–४ कनकपुर र पोखरभिण्डामा अवैध रुपमा संचालित घरेलु मदिरा उत्पादन गर्ने भट्टीबाट अवैध मदिरा नष्ट गरेको हो ।
साथै घरेलु मदिरा उत्पादनमा प्रयोग हुने २ सय लिटर कच्चा पदार्थ र तयारी अवस्थामा रहेको ५० लिटर मदिरा नष्ट गरेको प्रहरी निरिक्षक थपलियाले बताए । अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने गरेको सूचनाको आधारमा छापामारी गरी मदिरा उत्पादन गर्ने भट्टी फुटाएको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्