काठमाडौँ, २२ भाद्र । भारतीय कांग्रेस आइका अध्यक्ष राहुल गान्धीको तीर्थ यात्रालाई लिएर राजनीतिक आलोचना, प्रतिआलोचना भइरहेका बेला उनले कैलाश मानसरोवरको दर्शनपछि पशुपतिनाथ दर्शन गर्ने भएका छन्।
स्रोतका अनुसार गान्धी सेप्टेम्बर १२ मा मानसरोवरबाट काठमाडौँ आएलगत्तै उनले पशुपतिनाथको दर्शनसँगै विशेष पूजा गर्ने कार्यक्रम तय गरिएको छ। गान्धी गत शुक्रबार दिल्लीबाट काठमाडौँ आएको भोलिपल्टै दर्शनका लागि कैलाश मानसरोवर प्रस्थान गरेका थिए।
त्यसअघि पनि उनले मानसरोवरबाट काठमाडौँ फर्किएपछि पशुपतिनाथ दर्शन गर्ने इच्छा व्यक्त गरेका थिए। गान्धी निकट स्रोतले भने उनले मानसरोवरको जल पशुपतिनाथलाई अर्पण गर्ने र त्यसपछि पशुपतिनाथमा विशेष पूजा गर्ने बताएको छ। गान्धीको पूजाका लागि करीब ६० हजार रकमको तयारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस्