काठमाडौं, २४, भाद्र । गोरखा जिल्लामा प्रहरीले १० किलो सुनसहित दुईजना पक्राउ गरेको छ ।
प्रहरीले चुमनब्री गाउँपालिका–३ सिर्दिवासबाट दश किलो सुन बरामद गरेको हो । चुमनब्री गाउँपालिका–७ छेकम्पारका मुटुक लामा र लोप्सान तेन्जे लामा सुनसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक विमल बस्नेतले दुवैजनाको साथमा पाँच–पाँचवटा सुनका बिस्कुट फेला परेको जानकारी दिए ।
तिब्बतसँग सीमा जोडिएको उक्त क्षेत्रमा सुन तस्करी हुने गरेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाउँदै आएको छ ।
शनिबार लामाद्वयमाथि शंका लागेर अनुसन्धान गर्दा पाँच–पाँच किलो सुन भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्