ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोलुखुम्बु बहुमुखी क्याम्पसले मेची महाकाली विश्व अभियान सुरु गर्दै, गिनिज बुकमा समेत नाम लेखाउने


एबीसी न्यूज
३ आश्विन २०७५, बुधबार   २ : ४८   बजे

काठमाडौं,३ असोज । सोलुखुम्बु बहुमुखी क्याम्पस स्थापनाको २५ बर्षमा पुगेको उपल्क्षयमा क्याम्पसले मेची महाकाली विश्व अभियान सुरु गर्दै ५ वर्षे महत्वकांक्षी योजना सार्वजनिक गरेको छ ।

काठमाडौंमा एक विशेष कार्यक्रम गरी क्याम्पस प्रमुख उद्धवकुमार शर्माले ५ वर्षे महत्वकांक्षी योजना सार्वजनिक गरेका हुन् । जसमा १०१ सदस्य रहने जानकारी गराएका छन ।

पूर्वको मेची नदि र पश्चिमको महाकाली नदीको अंगालोभित्र ७७ जिल्लामा फैलिएर रहेको बिशाल नेपालका नागरिकहरु लाइ संलग्न गरि आगामी ५ वर्षभित्र ५ लाख नागरिक, ५ हजार सरकारी तथा गैरसरकारी संघसंस्था, कार्यालयहरु र कम्तीमा विश्वका २५ राष्ट्रका नागरिकलाई अभियानमा सहभागी गराएर विश्वको सबैभन्दा बढी जनसहभागीतामा सञ्चालित क्याम्पसको रुपमा गिनिज बुकमा नाम लेखाउने लक्ष्य रहेको प्रमुख उद्धवकुमार शर्माले बताए ।

बढीभन्दा बढी जनसहभागीताका लागि मेचीकाली विश्व अभियान समेत सञ्चालन गरिने क्याम्पस प्रमुखले बताए । क्याम्पस स्थापनाको २५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मेचीकाली विश्व अभियान शुरु भएको घोषणा गरिएको हो ।

सोलुखुम्बु बहुमुखी क्याम्पसको ५ वर्षे अभियानकै क्रममा ट्राभल, टुरिजम् र माउन्टेनियरिङ कोर्स पढाउने कार्यक्रम छ ।

यस कोर्षका लागि ७७ जिल्लाबाट गरिब तथा जेहेन्दार १ छात्र र १ छात्रा गरी १५४ जना (एकवर्षमा) र तीन वर्षे कार्यक्रमका लागि ४६२ तथा विभिन्न राष्ट्रका २५ जना र अति पिछाडिएका समुदायबाट १३ जना गरी ५ सय जनालाई निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्ने कार्यक्रम छ ।

ट्राभल, टुरिजम् र माउन्टेनियरिङ कोर्सको लागि प्रथम वर्षमा नाम्चेबजार, दोस्रो वर्षमा सगरमाथा आधारशिविर र तेस्रो वर्षमा आधारशिवीर भन्दा माथि उक्लिदै थेसिस लेखाउने क्याम्पस प्रमुख शर्माले जानकारी दिए । एक वर्षमा २५ जना विदेशी सहित ५०० जनालाई निःशुल्क उच्च प्राविधिक शिक्षा दिइने छ ।

अभियान अन्तर्गतले क्याम्पसले सोलुखुम्बु बहुमुखी क्याम्पसलाई विश्वको शैक्षिक केन्द्र बनाउने गरी कार्यक्रमहरु अगाडि बढाउने भएको छ । क्याम्पसले स्नातक र स्नातकोत्तर तहमा ट्राभल, टुरिजम् र माउन्टेनियरिङ कोर्स गराउने र यसमा विश्वका २५ देशका एक एक जनालाई निशुल्क शिक्षा दिइने भएको छ ।

यसले क्याम्पसको माध्यमबाट सोलुखुम्बु र नेपाललाई नै विश्वमा चिनाउने र क्याम्पसलाई विश्वको शैक्षिक केन्द्रको रुपमा विकास गरी पर्यटन क्षेत्रमा समेत सुधार ल्याउने क्याम्पस प्रमुख शर्माले बताए ।

‘सोलुखुम्बु बहुमुखी क्याम्पस विश्वको शिक्षाको केन्द्रको रुपमा विकास गरी पर्यटन क्षेत्रमा समेत थप सुधार ल्याई विदेशी मुद्राको आर्जनबाट देशलाई थोरै भएपनि आर्थिक टेवा पुुग्नेछ’ प्रमुख शर्माले भने । क्याम्पसले राखेका शैक्षिक योजनाहरु पूरा गर्नका लागि करिब एक अर्ब रुपैयाँ रकम आवश्यक पर्ने र उक्त रकम चन्दादाताबाटै संकलन गरेर पुर्याइएने लक्ष्य लिएको छ ।

उक्त कार्यक्रममा क्याम्पस संचालक समितिका अधक्ष्य आङरिता शेर्पा, सदस्य प्रभुराम बस्नेत, सदस्य आङ गेलु शेर्पा तथा अन्य सदस्यहरुको उपस्थिति रहेको थियो।

उक्त ५ बर्षे शैक्षिक योजनाको लागि सम्पूर्ण नेपाली जनसमुदाय देखि बिदेशी नागरिक, दात्रि सस्था, समजासेवी, शिक्षक, बिद्यार्थी लगायत सबैलाई सहयोग गरि आबश्यक सल्लाह सुझाब गरिदिन क्याम्पस प्रमुख उद्धवकुमार शर्माले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu