ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–चीन सम्बन्ध विस्तार र सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रित – अध्यक्ष प्रचण्ड (भिडियोसहित)


एबीसी न्यूज
४ आश्विन २०७५, बिहिबार   ७ : ३६   बजे

काठमाडौँ, ४ असोज ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताउनुभएको छ ।

चारदिने चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले भ्रमणका क्रममा नेपाल र चीनबीच भएका यातायात तथा पारवहन सम्झौताको प्रोटोकलको कार्यान्वयका पक्षमा विभिन्न कोणबाट छलफल भएको जानकारी दिनुभयो ।

दुई पार्टीबीचको सम्बन्ध सुदृढ गर्न त्यहाँको नेतृत्व वर्गसँग आफूले गम्भीररुपमा छलफल गरेको बताउँदै उहाँले आफ्नो चीन भ्रमण सफल भएको दाबी गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “दुई वटा सरकारकाबीच भएका पछिल्ला सहमति र समझदारी समयबद्ध ढङ्गबाट कार्यान्वयनका निम्ति वातावरण बनाउने मुख्य उद्देश्यमा सफलता मिलेको छ ।”

भ्रमणका क्रममा आफूले चीनका उपराष्ट्रपतिसँग छुट्टै र सामूहिक रुपमा छलफल गरेको जानकारी दिँदै अध्यक्ष दाहालले विदेश विभागका उपमन्त्री, अन्तर्राष्ट्रिय विभागका मन्त्रीसँग दुई पार्टी र सरकारको सम्बन्ध विस्तार गर्ने विषयमा सौहार्दपूर्ण तवरले विचार विमर्श भएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा नाङकिङमा भएको अन्तर्राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्न आफूलाई निमन्त्रण गरिएको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री दाहालले भन्नुभयो, “दुई देशका पार्टीको सम्बन्ध सुदृढ गर्ने बारेमा वैचारिक, राजनीतिक, साङ्गठनिक दृष्टिले गम्भिर छलफल भयो ।” उहाँले छलफलमा दुईवटा पार्टीका केन्द्रीय पार्टी स्कूलका बीचमा नियमित विचार तथा अनुभवको आदानप्रदान गर्न संरचनाको विकास गर्ने ठोस सहमति भएको बताउनुभयो ।

अध्यक्ष दाहालले पछिल्लो समयमा दुवै देशमा सकारात्मक वातावरण रहेको विषयमा चिनियाँ नेता र हाम्रो बीचमा समान समझदारी देखिएको बताउँदै भन्नुभयो, “दुवै देशका पार्टीले विकास र समृद्धिलाई मुख्य कार्यसूची बनाएको र राजनीतिक नेतृत्व तथा स्थिरता दुवै देशमा कायम हुँदै गएको भन्ने विषयमा समान समझदारी बनेको छ ।”
अध्यक्ष दाहालले भन्नुभयो, “चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन भई नयाँ नीति निर्माण भएको, ‘सि जिङ फिङ विचार’ लाई संश्लेषण गरेको र आउने सन् २०५० सम्म चीनलाई विश्वकै बलियो समाजवादी राष्ट्रका रुपमा विकसित गर्ने उद्देश्य खडा भइ सकारात्मक वातावरण बनेको छ भने नेपालमा पनि दुई ठूला पार्टीको बीचमा एकता भएर दुईतिहाई बहुमतको कम्युनिष्ट पार्टी नेतृत्वको सरकार र पार्टीले समृद्धि र विकासलाई मुख्य कार्यसूची बनाएको छ ।”

अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीकै शान्ति र निःसस्त्रीकरणसम्बन्धी समितिको अध्यक्षको आयोजनामा भएको बैठकमा जापान र फ्रान्सका पूर्वप्रधानमन्त्री, कोस्टारिकाका पूर्वराष्ट्रपति र मङ्गोलियाका उपप्रधानमन्त्रीलगायत विश्वका नेतासँग सामूहिक छलफल भएको जानकारी दिनुभयो ।

अध्यक्ष दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका सचिवालय सदस्य बामदेव गौतम, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ, देव गुरुङ, अग्नि सापकोटालगायतले स्वागत गर्नुभयो ।

https://www.facebook.com/prachanda.nepal/videos/318934295532488/?t=5

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बीवाईडी र साइमेक्स इन्कद्वारा प्रधानमन्त्री राहत कोषमा ७ करोड रुपैयाँ सहयोग

रसुवा बाढीमा पत्रकार टेकराज थामी र निराजन पौडेलका परिवारका पाँच सदस्य सम्पर्कविहीन

सम्बन्धित

हिमनदीको विशाल हिस्सा खस्दा नेपाल–तिब्बत सीमामा विनाशकारी बाढी, भूकम्प नभएको विज्ञहरूको निष्कर्ष

रसुवा बाढीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ कर्मचारी बेपत्ता

परराष्ट्रमन्त्री खनाल र बेलायती विदेशमन्त्रीबीच टेलिफोन वार्ता, सहयोग गर्ने प्रतिबद्धता

बाढीपछिको उद्धार र राहतबारे परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षीबीच वार्ता

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुने

बाढी प्रभावित क्षेत्रमा डेढ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu