ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक महीनाको तलब विद्यालयलाई दिने सांसदको घोषणा


एबीसी न्यूज
४ आश्विन २०७५, बिहिबार   १२ : १९   बजे

 दमौली, ४ असोज । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो एक महीनाको तलब भानु नगरपालिका–३ स्थित जनजागृति माध्यमिक विद्यालयलाई दिने घोषणा गर्नुभएको छ ।

विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले सोमबारदेखि आयोजित श्रीमद्भागवत महायज्ञमा सांसद श्रेष्ठले तलबबापतको रु ५० हजार विद्यालयलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

सो अवसरमा सांसद श्रेष्ठले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो । आफू यसै क्षेत्रबाट निर्वाचित भएको भन्दै उहाँले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सांसद श्रेष्ठले यसअघिका महीनाको सबै तलब जिल्लास्थित विभिन्न सामाजिक सङ्घसंस्थालाई सहयोग गर्नुभएको छ ।

उहाँले व्यास नगरपालिका–१४ को छाब्दीबाराही विकास कोष, ब्यास नगरपालिका–१० स्थित सुधेरी गैरखानेपानी उपभोक्ता समिति, ब्यास नगरपालिका–१ अम्रेनीस्थित शिव मन्दिर र भानु नगरपालिका–६ स्थित कालिका मन्दिर, ब्यास नगरपालिका–११ तनहुँसुरस्थित तनहुँसुर खानेपानी योजना र भानु नगरपालिका–१० स्थित दुधेकुना मन्दिरलाई रु ५०÷५० हजार प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu