ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्न सुरु


एबीसी न्यूज
७ आश्विन २०७५, आइतबार   ७ : २६   बजे


चितवन , ७ असोज । पुर्वी चितवनको खैरहनी नगरपालिकाले नगर क्षेत्रमा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्न सुरु गरेको    छ । नगरपालिकाले तीन दिने अभियान संचालन गरी लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो । अभियानमा खैरहनी नगरपालिकाको वडा नम्वर १, २, ६, ८ र ९ मा अभियान संचालन हुनेछ ।

त्यसका लागि सम्वन्धीत वर्डाका महिला स्वयमसेविकाहरु, स्वास्थ्य चौकी प्रमुख, प्राथमिक स्वास्थ्य केन्द्र खैरहनीका चिकित्सक, स्वास्थ्य शाखाका कर्मचारी अभियानमा खटेका खैरहनी नगरपालिकाको स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले जानकारी दिए । उनीहरुले ती वडाका घरघर, ग्यारेज, होटलमा पुगि लामखुट्टेको लार्भा भए नभएको अनुगमन गर्दै लार्भा देखिए सम्बन्धित व्यक्तीलाई सचेतना दिई नष्ट गर्नेछन् । साउन, भदौ, असोज र कार्तिक लामखुट्टेका लागि उपयुक्त मौसम हो ।

यी महिनामा लामखुट्टे लार्भाको वृद्धी विकास गर्ने गर्छ । मंसिरपछि चिसो हुने भएकाले लामखुट्टे विस्तारै निष्कृय हुन्छ । एडिज एजिप्टाई नामक पोथी लामखुट्टेले साँझ र विहानीपख टोकेमा डेंगु रोग लाग्दछ । सो लामखुट्टेले टिन, टायर, गमला, फ्रिज, प्लास्टिकका भाडामा जमेको सफा पानीमा लार्भा हुर्काउने भएकाले त्यस्तो पानी सफा गर्नु नै यो रोगबाट वच्ने एक मात्र उपाय हो । चालु आर्थिक वर्षको दुई महिनामा खैरहनीमा डेंगुको सक्रमण देखिएको छैन् । गत वर्ष ३ जनामा डेंगु देखिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनमा चालु आर्थिक वर्षमा ४ जनालाई डेंगुको सक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu