ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घुन्सा हेलिकप्टर दुर्घटनाः भूल्नै नसकिने त्यो दुःखद क्षण बन्यो


bhawani desk
७ आश्विन २०७५, आइतबार   ५ : ११   बजे

काठमाडौं,७ असोज । विसं २०६३ असोज ७ गते मुलुकका लागि निकै दुःखद क्षण बन्यो । राष्ट्रको होनहार बहुआयामिक व्यक्तित्व वरिष्ठ भूगर्भविद्, संरक्षणविद् तथा योजनाकार डा हर्क गुरुङको भौतिक शरीर भूगोलमै विलिन हुनपुग्यो ।

यो केवल एउटा व्यक्तिको मृत्यु मात्र थिएन राष्ट्रको अमूल्य गहना हरण भएको क्षण थियो । ताप्लेजुङ्को घुन्सामा हेलिकप्टर दुर्घटनामा डा गुरुङसहित स्वदेशी तथा विदेशी २४ भूगर्भविद्, वातावरण एवं वनस्पतिविद्लाई गुमायौँ ।

डा गुरुङसहित महत्वपूर्ण व्यक्तिको निधन भएको आज १२ वर्ष पुगेको छ । सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनका अनेकनस्वरुप देखापरे तर पनि उहाँजस्तो मूर्धन्य व्यक्तिको अभाव अझै खड्किएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी अध्ययन अनुसन्धान र विकासको अवधारणालाई सही अर्थमा प्रयोग गर्ने डा गुरुङको निधनले नेपाललाई ठूलो क्षति पुगेको बताउनुहुन्छ । “आजको अवस्थामा पनि उहाँको अभाव खड्किएको छ,” मन्त्री अधिकारीले भन्नुभयो ।

“डा गुरुङका अध्ययन अनुसन्धान समाजलाई नै उथलपुथल पार्ने हुन्थे । सामाजिक, भूराजनीतिक पाटोलाई बुझेको व्यक्ति हुनुहुन्थ्यो, अध्ययनको बहुआयामिक र ज्ञानको गहिराइले राष्ट्रको योजनाबद्ध विकासमा पारेको प्रभावले नै आज उहाँ हर्क गुरुङको पहिचानका साथ अविस्मरणीय बन्नुभएको छ,”–उहाँले भन्नुभयो ।

नेपाल पर्यटन बोर्डसहित पर्यटन क्षेत्रका ११ भन्दा बढी निजी सङ्घ संस्थाको संयुक्त आयोजनामा आज भएको ‘डा हर्क गुरुङ स्मृतिसभा’ का अवसरमा बोल्दै मन्त्री अधिकारीले डा गुरुङको अध्ययन अनुसन्धानलाई समाज रुपान्तरणमा समाहित गराउन सकेमात्र उहाँप्रति सच्चा श्रदाञ्जलि हुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“डा गुरुङले पर्यटनको जग तयार गर्नुभयो । पर्यटन विकासको रेखा कोर्ने पर्यटन ऐन बनाउनुभयो । त्यसैको आधारमा नेपालको पर्यटन यहाँसम्म आइपुगेको छ, अब, समय सापेक्ष ऐनलाई सुधार्नुपर्ने भएकाले पुराना राम्रा विषयलाई समेत समेटेर अबको ६ महिनाभित्र नयाँ पर्यटन ऐन ल्याउनेछौं ।”

मन्त्री अधिकारीले राष्ट्रका लागि योगदान दिएको महत्वपूर्ण व्यक्ति डा गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने आश्वासन समेत दिनुभयो ।

कार्यक्रममा ट्रेकिङ एजेञ्सी एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले भूगोलविद् तथा योजनाकारको रुपमा मात्र नभइ नेपालको पर्यटनको आधारस्तम्भ तयार गरी नेपालको भूगोल र पर्यटनलाई विश्वमा चिनाउन डा गुरुङको महत्वपूर्ण योगदान रहेको भन्दै उहाँका सकारात्मक कामलाई अनुशरण गर्नसके मात्र उहाँप्रति सच्चा सम्मान हुने उल्लेख गर्नुभयो ।

गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङ, परिषद्कै सल्लाहकार एवं स्व डा हर्क गुरुङका आफन्त खड्ग गुरुङ, प्राध्यापक बालकृष्ण माबुहाङलगायतले राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्नुभएका डा गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारलाई आग्रह गर्नुभयो । मुलुकको सर्वाङ्गिण विकासका लागि पाँच विकास क्षेत्रको अवधारणा र विकासको योजनाकारको रुपमा पनि स्व गुरुङलाई लिइन्छ ।

विसं १९९५ पुस २१ गते लमजुङको तत्कालीन बाहुनडाँडा गाविस– २ नाइँचेस्थित मामाघरमा उहाँको जन्म भएको थियो । सोही गाविस– ५ ताङलिचोक घर भएका बुबा परसै गुरुङ र माता मैस्यो गुरुङको कोखबाट उहाँको जन्म भएको थियो ।

बहु प्रतिभाशाली व्यक्ति डा गुरुङ भूगोलविद्, योजनाकार, वरिष्ठ लेखक, चित्रकारका रुपमा परिचित हुनुहुन्थ्यो । राष्ट्रिय मात्र हैन अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याति कमाउनुभएका डा गुरुङ दुरदर्शी, सरल र मृदुभाषी हुनुहुन्थ्यो । मुलुकको पहिलो पर्यटनमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नुभएका उहाँले नेपालको पर्यटनको जग बसाली पर्यटन ऐन ल्याएर पर्यटनलाई अहिलेको अवस्थामा डो¥याउनुभएको थियो ।

तत्कालीन राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्नुभएका गुरुङले नेपालको योजनावद्ध विकास, प्रकृति संरक्षण तथा पर्यटन प्रवद्र्धनमा अतुलनीय योगदान पु¥याउनुभएको छ ।

उहाँले एसिया प्यासिफिक डेभलपमेन्टको कार्यकारी निर्देशक भएर पाँच वर्ष मलेसियाको राजधानी क्वालालम्पुरमा काम गर्नुभएको थियो । गुरुङका विभिन्न विषयका करीब छ सय कृति प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group