ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिवेदनले निर्मलाको हत्यारालाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने – केसी


एबीसी न्यूज
८ आश्विन २०७५, सोमबार   ७ : ०२   बजे

काठमाडौं , ८ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना हुनै लाग्यो । साउन १० गते बलात्कारपछि उनको हत्या भएको थियो । साउन ११ गते निर्मलाको शव गाउँनजिकैको उखुबारीमा फेला परेको थियो ।
साउन ११ देखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन । यता पन्तको बलात्कारपछिको हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन तयार पारेको छ । हिजो आइतबार नै प्रतिवेदन बुझाउने तयारी भए पनि गृहमन्त्री रामबहादुर थापाको समय नमिलेका कारण भोली मंगलवार बुझाउने समितिको तयारी छ ।

समितिका संयोजक गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीले प्रतिवेदन तयार भएको बताए । घटनाको अनुसन्धानमा देखिएको कमी कमजोरीबारे प्रतिवेदनमा उल्लेख गरिएको उनले बताए ।

समितिको कामप्रति असहमति जनाउँदै राजीनामा दिए र पुन उक्त छानविन समितिमा फर्किएका अर्का सदस्य वीरेन्द्र केसीले प्रतिवेदनमा आफूहरुले जे देख्यो त्यही उल्लेख गरेको बताए । ‘प्रतिवेदन तयार भयो । यसमा म सन्तुष्ट छु’ उनले भने, ‘हामीले जे देखेको छौं, त्यही प्रतिवेदनमा लेखेका छौं ।’ प्रदेश ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको तर्फबाट समिति सदस्य रहेका छन् । तर केसीले प्रतिवेदनमा के छ भन्ने उनले खुलाउन चाहेनन् । तर, यो प्रतिवेदनले निर्मलाको हत्यारालाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाको बाढीले सार्वजनिक यातायातमा व्यापक क्षति, दर्जनौं बस सम्पर्कविहीन

राष्ट्रपति पौडेलले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिए

सम्बन्धित

बाढीपीडितका लागि विदेशी दातालाई सहयोग गर्न छुट्टै भुक्तानी पोर्टल सार्वजनिक

संवेदनशील तस्बिर र भिडियो प्रसारण नगर्न सञ्चार मन्त्रालयको आग्रह

कुमारी बैंकले प्रधानमन्त्री राहत कोषमा ३ करोड सहयोग, सेनालाई एआई ड्रोनसहित उपकरण

नेपाल–भारत–चीनबीच त्रिदेशीय सहकार्य आवश्यक : रवि लामिछाने

बाढीपीडितलाई सहयोग गर्न रकमको सीमा हटायो राष्ट्र बैंकले

भोटेकोसी बाढीपछि सञ्चार सेवा पुनर्स्थापनामा जुट्यो नेपाल टेलिकम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu