काठमाडौं, ८ असोज । नेपाल राष्ट्र बैंकले दशैंका लागि १५ अर्ब हाराहारीमा नयाँ नोट बजारमा ल्याउने भएको छ । एक हजार र पाँच सय बाहेक एक सय, पचास, बीस, दश र पाँचका १५ अर्ब हाराहारीका नयाँ नोट बजार पठाउने तयारी भईरहेको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
राष्ट्रबैकले आगामी १२ गते बैक तथा बित्तिय संस्थालाई नयाँ नोट बितरण गर्नेछ । सर्बसाधारणले भने आगामी २१ गतेबाट मात्र नयाँ नोट साट्न पाउने उहाँले बताउनुभयो । राष्ट्रबैकले एक जनालाई २७ हजार बराबरको नयाँ नोट दिने गरी ब्यबस्था मिलाएको जनाएको छ । अघिल्लो बर्षको दशैमा राष्ट्र बैंकले १३ अर्ब बराबरको नयाँ नोट बजार पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस्