काठमाडौं, ९ असोज । जिल्ला प्रहरी कार्यालय रौतहटले पप्पु निर्माण कम्पनी कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पूर्जी जारी गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई पटकपटक सम्पर्क गरी हाजिर हुन आउन अनुरोध गर्दै आएको थियो। सम्पर्कमा नआएपछि प्रहरीले प्रक्राउ पूर्जी जारी गरेको हो ।
गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा गत भदौ ८ गते डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो। पीडितहरुको पप्पुका अध्यक्ष रौनियारविरुद्ध किटानी जाहेरी दिएका थिए। पटकपटक बोलाउँदा पनि कोही सम्पर्कमा नआए पछि पक्राउ पूर्जी जारी गगरेको प्रहरीले जनाएको छ । अध्यक्ष रौनियार संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारका छोरा हुन्।
प्रतिक्रिया दिनुहोस्