ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानविरुद्ध नेपालको गोलको वर्षा : रेखाले गरिन् सात गोल


एबीसी न्यूज
१३ आश्विन २०७५, शनिबार   ७ : १४   बजे

काठमाडौँ, १३ असोज ।  साफ यू–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाली यू–१८ महिला टोलीले पाकिस्तानविरुद्ध गोलको वर्षा गरेको छ ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा रेखा पौडेल एक्लैले सात गोल गरिन् । रेखाले खेलको चौथो, १७औँ, १९आँै, ३२औँ र ३८औँ, ७१औँ र ७२औैँ मिनेटमा गोल गरिन् । त्यस्तै पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा सरु लिम्बूले एक गोल गरिन् ।

पहिलो हाफमा ६–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा छ गोल ग¥यो । नेपालका लागि ६७ औँ मिनेटमा रश्मीकुमारी घिसिङ, ८२ औँ मिनेटमा एलिसा जाम्बा, ८७ औँ मिनेटमा मञ्जलीकुमारी योञ्जन र खेलको अन्तिम मिनेटमा मनिषा राउतले एक÷एक गोल गरे ।

जितसँगै नेपालले महत्वपूर्ण तीन अङ्कसमेत जोडेको छ । समूह ‘बी’मा रहेको नेपाललले दोस्रो खेल आगामी मङ्गलबार बङ्गलादेशसँग खेल्नेछ । समूहको दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । समूह ए मा भारत, भूटान र श्रीलङ्का छन् ।

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा रानामगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन् । हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकाश वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group