ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगन्ज महानगरका उम्मेदवार : पूर्व सभासददेखी विदेशी डिग्रि होल्डरसम्म


admin
२३ भदौ २०७४, शुक्रबार   ८ : २७   बजे

वीरगन्ज, २३ भदौं । दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्जमा चुनावी रौनकको पारो उकालो चढिसकेको छ । सबै राजनीतिक दल चुनावी मैदानमा छन् । ठूला सहित मधेसी र साना दलले समेत वीरगन्ज महागनरको नेतउत्व गर्न अग्रसर छन् । सबै दलले मेयरको उम्मेदवार चुनावी मैदानमा उतारिसकेका छन् । महानगर भएकाले सबै राजनीतिक दलले वीरगन्जलाई प्रतिष्ठाको क्षेत्र बनाएका छन् ।

वीरगन्जलाई आगामी पाँच वर्ष नेतृत्व गर्न अग्रसर कोही पनि उम्मेदवार कमजोर छैनन् । सबै राजनीतिक दलले जित हासिल गर्ने योजना सहित उम्मेदवार छानेका छन् । पहिलो र दोस्रो चारमा निर्वाचन भएका प्रदेशमा रहेका महानगरमा राजनीतिक दलबीच चुनावी तालमेल भएको थियो । तर, वीरगन्ज महानगरमा भने सबै राजनीतिक दल एक्ला–एक्लै चुनावी मैदानमा उत्रिएका छन् । त्यसैले पनि वीरगन्ज महानगरको चुनावी रौनक रोचक छ ।

सबै राजनीतिक दलले प्रतिष्ठाको केन्द्र मानेको वीरगन्ज महानगरमा यस पटक कडा प्रतिस्पर्धा हुने निश्चित छ । सबै राजनीतिक दलले वीरगन्ज महानगरमा जित हासिल गर्न राम्रो र बलियो पृष्टभूमी भएका व्यक्तिहरुलाई चुनावी मैदानमा उतारेका छन् । वीरगन्ज महानगरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघिय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने छ ।

वीरगन्जमा कांग्रेसका मेयर उम्मेदवार को हुन ?
नेपाली कांग्रेसले वीरगन्ज महानगरमा अजयकुमार द्धिवेदीलाई मेयरको उम्मेदवार बनाएको छ । नेपाल बिद्यार्थी संघबाट राजनीति सुरु गरेका द्धिवेदी वीरगन्ज क्षेत्रमा राम्रो छवि बनाएका नेतृत्व हुन । २०४९ सालको स्थानीय निर्वाचनबाट तत्कालिन वीरगन्ज नगरमा उपमेयर निर्वाचित दिवेद्धी २०६४ सालको संविधानसभा निर्वाचनमा पर्साको क्षेत्र नम्बर २ बाट सभासद निर्वाचित भएका थिए । उनी, २०७० सालको संविधानसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । तर, २०७० सालमा भने पराजित भए । उनी, यस पटकको निर्वाचनमा मेयरका उम्मेदवार बनेका छन् । आफ्नो उम्मेदवारीबारे दिवेद्धी यस्तो बताउँछन् ।

वीरगन्जमा एमालेका मेयर उम्मेदवार को हुन ?
वीरगन्ज महानगरमा नेकपा एमालेबाट बसुरुदिन अन्सारी मेयरका उम्मेदवार हुन । नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका अन्सारी माओवादी हुँदै पछिल्लो समय एमाले भएका हुन । वीरगन्जमा रहेको नेशनल मेडिकल कालेजका एमडी समेत रहेका अन्सारी २०७० सालको संबिधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पर्सा क्षेत्र नम्बर २ मा उम्मेदवार बने पनि बिजयी हुन सकेन । तर, असोज दुईको स्थानीय तह निर्वाचनमा एमालेले मेयरको उम्मेदवार बनाउने भएपछि अन्सारी एमालेमा प्रवेश गरेरे मेयरका उम्मेदवार बनेका हुन । भर्खरै एमाले प्रवेश गरेका अन्सारी आफ्नो उम्मेदवारीबारे यस्तो भन्छन् ।

वीरगन्जमा माओवादीका मेयर उम्मेदवार को हुन ?
वीरगन्ज महानगरमा नेकपा माओदी केन्द्रले रहवर अन्सरीलाई मेयरको उम्मेदवार बनाएको छ । वीरगन्जमा रहेको गण्डक अस्पतालका निर्देशक समेत रहेका रहवर माओवादी निकट मुस्लिम मुक्ती मोर्चाका केन्द्रिय सदस्य हुन । हंगेरीको बुडापेष्टमा रहेको सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा भर्खरै स्नाकोत्तर सकेर फर्केका रहवर माओवादीबाट वीरगन्ज महानगरमा मेयरको उम्मेदवार बनेका हुन । रहवर वीरगन्ज महानगरको मेयरका उम्मेदवार मध्ये उमेरले कान्छो हुन । उनी, वीरगन्जको मुहार फेर्न उम्मेदवारी दिएको बताउँछन् ।

वीरगन्जमा राजपाका मेयर उम्मेदवार को हुन ?
वीरगन्ज महानगरमा राष्ट्रिय जनता पार्टीबाट राजेशमान सिंह मेयरका उम्मेदवार हुन । सिंह २०४९ सालको स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित सिंह पूर्व कांग्रेस हुन । तर, पछिल्लो समय भने उनले राजपालाई रोजेका हुन । राजपाबाट मेयरका उम्मेदवार बनेका सिंह मधेस आन्दोलनमा धेरै योगदान पुर्‍याएका नेताका रुपमा परिचित छन् ।

 

वीरगन्जमा संघीय समाजवादीका मेयर उम्मेदवार को हुन ?
वीरगन्ज महानगरमा संघीय समाजवादी फोरम नेपालबाट विजयकुमार सरावगी मेयरका उम्मेदवार हुन । मेयरका उम्मेदवार सरावगी व्यवसायी हुन । वीरगंज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष भएर काम गरिसकेका उनी उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य हुन । माओवादीमा अस्था राख्ने व्यवसायीको रुपमा चिनिने सरावगी माओवादीले समानुपातिक सभासद नबनाएपछि संघीय समाजवादी पार्टीमा प्रवेश गरेका हुन । तीन महिना अगाडी मात्र संघीय समाजवादी फोरममा प्रवेश गरेका सरावगी आफ्नो उम्मेदवारीबारे यस्तो भन्छन् ।

वीरगन्जमा ठूला तीन दल सहित मधेसी र साना दल पनि चुनावी मैदानमा छन् । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट पाका राजनीतिकज्ञ बिमल श्रिवास्तव मेयरका उम्मेदवार बनेका छन् । यसरी वीरगन्जमा विभिनन राजनीतिक दलका उम्मेदवारले मेयर पदका लागि कडा प्रतिस्पर्धा गर्नेछन् । सबै राजनीतिक दलबाट मेयरका उम्मेदवार बनेकाले आफुले नै चुनाव जित्ने दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group