ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेश रोजगारीमा जाने युवाको संख्या घट्दै


admin
२४ भदौ २०७४, शनिबार   १२ : ४१   बजे

रोल्पा, २४ भदौ । रोजगारीको शिलशिलामा सात वर्ष साउदी अरवमा काम गरेका रोल्पा ह्वामाका खिमबहादुर केसी अचेल सदरमुकाम लिवाङमा आफैँ गाडी किनेर यातायात व्यवसाय गर्छन् । सदरमुकाम लिवाङबाट भित्री ग्रामीण क्षेत्रमा यातायात सञ्चालन गर्दै आएका उनले मासिक सरदर एक लाख ५० हजार आम्दानी गर्दै आएका छन् ।

लिवाङमा स्टेशनरी पसल गर्दै आएका दिलकुमार डाँगी चार वर्ष विदेशमा पसिना बगाएका अर्का युवा हुन् । उच्च माध्यमिक स्तरको पढाइ पूरा गरेका उनी देशभित्र रोजगारी नपाएपछि विदेशिन बाध्य भएका थिए । अहिले स्टेशनरी पसलबाट दैनिक राम्रै आम्दानी गर्दै आएका उनलाई व्यवसायमा परिवारका अन्य सदस्यले समेत साथ दिने गरेका छन् ।

सदरमुकाम लिवाङमा किराना पसल सञ्चालन गर्दै आएका बालाजु श्रेष्ठ करिब चार वर्ष दक्षिण कोरिया बसेका युवा हुन् । वाणिज्य शास्त्र अध्ययन गरेका उनी पढाइपछि देशमा रोजगारी पाउन नसकेपछि विदेशिन बाध्य भए । दक्षिण कोरिया बसाइमा राम्रै आम्दानी गरेका उनी अब भने विदेश नजाने सोचमा छन् ।

रोजगारीका कुनै विकल्प नभएपछि बाध्यतावंश विदेशिएका रोल्पाली युवाका प्रतिनिधि पात्र हुन यी युवा । उच्च माध्यमिक स्तरको पढाइ पूरा गरेपश्चात् देशभित्र रोजगारीको अवसर नपाउँदा शिक्षित युवा विदेशिन बाध्य भएका छन् ।

घरको कमजोर आर्थिक अवस्थाका कारण विदेशिन बाध्य युवा विदेशमा पाएको दुःखका कारण पछिल्ला दिनमा भने स्वदेशमै रोजगारीका अवसर खोज्न थालेका छन् । विदेशमा गरेको दुःख स्वदेशमै गरे राम्रो आम्दानी गर्न सकिने अनुभवसँगै उनीहरुको धारणामा परिवर्तन आएको छ ।

विदेशमा भनेजस्तो पारिश्रमिक नदिनु, गाह्रो तथा जोखिमपूर्ण काममा लगाउनु तथा भनेका बेला पारिश्रमिक नदिने भएका कारण युवाको विदेश मोह क्रमशः कम हुँदै गएको देखिएको छ ।


जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याँकअनुसार आव २०७२÷०७३ मा छ हजार ८५७ जनाले विदेश जानका लागि राहदानी लिएकोमा आव २०७३÷०७४ मा चार हजार २३६ जनाले मात्र राहदानी लिएको देखिएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा दुई हजार ६२१ ले कम हो । यसरी विदेश जानेमध्ये १५ प्रतिशत महिला रहेको बताइएको छ ।

अघिल्ला वर्षमा दैनिक १८÷१९ जनाले राहदानी लिने गरेको भए पनि गत वर्ष यो संख्या घटेर ८÷१० जनामा झरेको जिल्ला प्रशासन कार्यालय रोल्पाका राहदानी फाँटका नायब सुब्बा डिल्लीराज रेग्मीले बताउनुभयो । राहदानी लिने रोल्पाली युवाको संख्या घट्नु दीर्घकालीन रुपले सकारात्मक भएको बताइएको छ ।

नौ वर्षसम्म कतार बसेका रोल्पा कोर्चवाङका कैलाश घर्तीले विदेश जान इच्छुक विदेश गइसकेको र नयाँ पुस्ताले पढिरहेका कारण विदेश जानेको संख्या घटेको हुनसक्ने बताउनुभयो । विदेश जानेको संख्या घट्नु देशमै रोजगारीका अवसर प्राप्त हुँदैछ भन्ने कुराको संकेत हुनसक्छ घर्तीले भन्नुभयो ।

वैदेशिक रोजगारीमा जाने अधिकांश रोल्पाली ज्यालामजदुरी कामदारको रुपमा रहने भएका कारण दुःख बढी र ज्याला कम हँुदा पनि आकर्षण घट्दै गएको घर्तीले बताउनुभयो । जोखिमपूर्ण कामले अंगभंग हुने तथा मृत्यु हुने संख्यामा आएको वृद्धिसँगै नयाँ पुस्तामा आकर्षण घट्दै गएको उहाँले बताउनुभयो ।

बीस वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा युवाको आबद्धताले पनि यस वर्ष विदेश जाने युवाको संख्या कम भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी डा डीजन भट्टराईले बताउनुभयो । जिल्लामा विकास निर्माणका कामसमेत गत वर्ष बढी भएका कारण युवा त्यसमै संलग्न भएर यो संख्या कम भएको उहाँले बताउनुभयो । स्वदेशमै बसेर रोजगारीका अवसर प्राप्त गर्न सकिन्छ भन्ने सोच विकास हुनु सकारात्मक भएको उहाँको भनाइ छ ।

जिल्लामै रोजगारीका अवसर प्राप्त हुन थालेपछि रोल्पाबाट रोजगारीका लागि विदेशिनेको संख्यामा कमी आउन थालेको छ । लामो समयसम्म विदेशमा बसेर काम गर्दासमेत घरको आर्थिक अवस्थामा परिवर्तन ल्याउन नसक्दा युवामा स्वदेशमै बसेर जीविकोपार्जन गर्ने आँट पलाएको हो । विदेशमा सिकेको सीप र अनुभवले स्वदेशमै स्वरोजगार हुन प्रेरित गरेका कारण वैदेशिक रोजगारीमा आकर्षण घट्दै गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Mexico’s President Condemns Governor’s Return Amid U.S. Drug Trafficking Allegations

US Escalates Economic Pressure on Iran With New Sanctions

Nepal High Court Issues Show Cause Notice in Challenge to Chief Minister’s Appointment

Nepal Government Pledges Transparency in Advertising Market

Nepal Speaker Orders Removal of Unparliamentary Statements From Records

Trump Administration Proposes Permanent Fee Hike for H-1B Work Visas

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu