ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षाैंदेखि भाडाको घरमा स्वास्थ्य केन्द्र सेवा


admin
२० आश्विन २०७५, शनिबार   १२ : ३१   बजे

बाँके, २० असोज । बाँकेको नरैनापुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरको निर्माणाधीन भवन सात वर्षदेखि अलपत्र परेको छ । निर्माणाधीन भवन पूरा नहुँदा २५ वर्षदेखि स्वास्थ्य केन्द्रले भाडाका घरबाट सेवा प्रवाह गरिरहेको छ ।

सदरमुकाम नेपालगञ्जदेखि ४० किलोमिटर पूर्व दक्षिणमा रहेको यो स्वास्थ्य संस्था आफ्नै भवन नहुँदा विसं २०५० देखि भाडाकै घरमा सञ्चालन भइरहेको छ । पन्ध्र शय्या केन्द्रको तीनतले भवन बनाउने ठेक्का लिएको निर्माण कम्पनीको लापरबाही र सरकारी उदासिनताले उक्त भवन अलपत्र परेको हो ।

निर्माण शुरू गरेको १८ महिनामा पूरा गर्ने सम्झौता भएको सो भवन अहिलेसम्म पनि निर्माण पूरा हुनसकेको छैन । रु तीन करोड ४० लाख लागतमा निर्माण शुरू गरिएको उक्त स्वास्थ्य केन्द्र भवनमा निर्माण कम्पनीले “काम गरे जस्तो पनि छ, नगरे जस्तो पनि छ । छत ढलान भइसकेको छ, अब अन्य काम गर्न मात्र बाँकी छ ।” भवनको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको छ ।

भवन निर्माण अलपत्र परेसँगै यहाँका स्वास्थ्य संस्थामा एमबीबीएस गरेका डाक्टरको दरबन्दी भए पनि कोही पनि तीन महीनाभन्दा लामो समय बस्न नसकेको स्थानीयवासी बताउँछन् । अहिले भने केही महीनादेखि डाक्टर नियमित रूपमा केन्द्रमा आउन थालेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मोइन खाँले बताउनुभयो । यहाँ दैनिक ७०-८० बिरामी उपचारका लागि आउने गरेका छन् ।

स्वास्थ्य संस्थाको भवन नभएका कारण डाक्टरलाई बस्ने व्यवस्था नरैनापुर गाउँपालिकाले गर्दै आएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह बताउनुहुन्छ । “डाक्टरको दरबन्दी त छ तर, एक दिन गाउँ बसे १० दिन नेपालगञ्ज बस्छन् । कोही पनि नियमित बस्न मान्दैनन्”, उहाँले भन्नुभयो, “भरपर्दो स्वास्थ्य उपचार अभावमा यहाँका बासिन्दा भारततर्फ जाने गरेका छन् ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group