ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीभित्रका समस्या समाधान गरी चाँडै एकता:महासचिव पौडेल


admin
२० आश्विन २०७५, शनिबार   १ : ४४   बजे

काठमाडौं,२० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताउनुभएको छ ।

आफ्नै निवासमा रासससँग कुराकानी गर्दै उहाँले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी एकतालाई टुङ्ग्याउने बताउनुभयो । उहाँले दुई पार्टीबीचको एकता ठूलो काम भएकाले केही समय लाग्ने गरेको भन्दै अहिले पार्टी एकतालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराउनुभयो ।

पार्टीभित्र देखिएको विवाद बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको उल्लेख गर्दैै पार्टीभित्र कुनै समस्या नभएको उहाँको भनाइ थियो । महासचिव पौडेलले सरकारको कामको परिमाण आउन केही समय लाग्ने भन्दै जनतालाई निराशा नहुन आग्रह गर्नुभयो । उहाँले चाँडै विकास खोज्दा सरकारको स्वाभाविक आलोचना भएको बताउनुभयो ।

“ राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा दशकाँैदेखिको वेथिति सङ्ग्रह छ”, उहाँले भन्नुभयो, ‘‘त्यसलाई दुरुस्त गर्नका लागि ६–८ महीनाको समयले पुग्दैन । त्यसकारण सरकारले जनताको अपेक्षा पूरा हुने गरी विकासलाई अगाडि बढाउन सकेको छैन ।”

उहाँले चाँडै नै सरकारले परिमाण आउने गरी जनताको निराशालाई चिर्दै आत्मविश्वास बढाउँदै विकास निर्माण, समृद्धि र सामाजिक न्याय दिने गरी काम अगाडि बढाउनेसमेत बताउनुभयो ।

नेता पौडेलले संविधान कार्यान्वयन भइरहेको भन्दै अबको ध्यान मुलुकको विकास निर्माणमा केन्द्रित हुने धारणा राख्नुभयो । उहाँले सिङ्गो समाज र सबैको सोच बदलेर मुलुकको विकास दू्रतगतिका साथ लैजानुको विकल्प नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu