ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेशका प्रभावशाली नेता हृदेयश त्रिपाठी भन्छन्, – नेकपा तराई–मधेशमा प्रभाव जमाउन चुक्यो(भिडियोसहित)


admin
३१ आश्विन २०७५, बुधबार   ११ : ३९   बजे

काठमाडौं, ३१ असोज । पूर्वमन्त्री तथा सांसद् ह्देयश त्रिपाठीले सरकारसँग पर्याप्त समय र संसदमा आफु अनुकुल संख्या भएकाले जनसरोकारका पक्ष्ँमा गम्भीर भएर काम गर्नुपर्ने बताउनुभएको छ ।

एबीसी न्यूजसँगको विशेष कुराकानीमा सांसद् त्रिपाठीले अहिलेको सरकारसँग स्पष्ट बहुमत भएकाले कुनै पनि पनि बहानामा जनपक्षीय काम नगर्ने छुट नभएको बताउनुभयो । त्रिपाठीले नियमित जनसरोकारका विषयमा गम्भीर भएर जनतालाई प्रभाव पर्ने गरि काम गर्नुपर्ने समय आएको जिकिर गर्नुभयो ।

उहा“ले अहिले पनि संघीयता नचाहने पक्ष्ँ भएको भन्दै असफल बनाउने प्रयास गरेपनि मुलुक पछि हट्न नसक्ने स्पष्ट पार्नुभयो । अहिले स्थापित भएका दलहरु मध्ये कसैले पनि संघीयताका विरुद्धमा प्रस्ताव राख्ने हिम्मत गर्न नसकेपछि कम्जोर पार्ने षड्यन्त्र भने गरिनै रहेको खुलासा गर्नुभयो । उहांले संविधानलाई सबैको स्वीकार्यता दिन आवश्यक पर्ने सबै विधेयकहरु तयार गरी छिट्टै व्यवहारतः प्रयोगमा ल्याउन सरकार ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद त्रिपाठीले नेपाल कम्युनिष्ट पार्टी नेकपा तराई–मधेशमा आफ्नो प्रभाव जमाउन चुकेको विश्लेषण गर्नुभयो । धेरै मतदाता भएको तराई–मधेश क्षेत्रमा नेकपाले प्रभाव जमाउन नसकेकै कारण कांग्रेस समर्थक बाहेकका नागरिक क्ष्ँेत्रीयतावादी समूह र दलमा आवद्ध हुन बाध्य भएको जिकिर गर्नुभयो ।

त्रिपाठीले सरकारको निरिहताकै कारण आम उपभोक्ताले महंगीको सामना गर्नुपरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले बास्तविक किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको आधारभूत समर्थन मुल्य निर्धारण गरेमा मात्र उनीहरुको पेशाप्रति सम्मान हुने तर्क गर्नुभयो ।

प्रधानमन्त्री केपी ओलीले ल्याएको समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न अहिलेकै गतिमा सम्भव नहुने भन्दै नेता त्रिपाठीले विकास बजेटलाई समयमै खर्च गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले अहिलेको बजेटले जनताको सरकारप्रतिको दृष्टिकोणमा रहेको निरासापनलाई हटाउन नसकेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group