ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बडादशैँले छुँदैन–मालढुङ्गाका माझी परिवारलाई


admin
२ कार्तिक २०७५, शुक्रबार   २ : ३९   बजे

पर्वत, २ कात्तिक । नेपालीहरुको महान् पर्व बडादशैँ घर आँगनमै भित्रिइसकेको छ । शहर बजार जताततै बडादशैँले छपक्कै छोपेको छ । दैनिकजसो खसीबोका, च्याङ्ग्रा काट्ने, मीठो मसिनो खाने र शुभकामना आदानप्रदान गर्ने कार्यक्रमले भ्याइनभ्याइ छ । तर, यहाँको माझी बस्तीकी चन्द्रकुमारी माझीलाई भने दशैँको वास्ता भएको देखिँदैन ।

शुक्रबारको टीकाको दिन विभिन्न तयारी गर्नुपर्ने भए पनि बस्तीभरिका महिला पुरुष कालीगण्डकी किनारमा बालुवा निकाल्न व्यस्त छन् ।“सधैँ एकनासले दिनभर बालुवा नउठाए भोकै भइन्छ”, चन्द्रकुमारीले भन्नुभयो, “हाम्रा लागि वर्षभरिका सबै दिन उस्तै हुन्, फुर्सद र धन भए पो चाडबाड ।”

पोखरा–बागलुङ राजमार्गअन्तर्गत कुश्मा–१ पाङमा पर्ने कालीगण्डकी किनारमा करीब १५० परिवारको बस्ती छ । पोखरा–बागलुङ सडक निर्माणका क्रममा २०४८ सालतिर धादिङ, गोरखा र तनहुँलगायतबाट आएका मजदूरहरू यही छाप्रा बनाएर बसेका हुन् ।

तर, उनीहरूसँग घरबास गरेका ठाउँको न लालपूर्जा छ, न त काम नचलेका दिनको गाँसको ठेगान । राजमार्गको काम गर्दै यहाँसम्म आइपुगेपछि स्थायी बसोबास गरेकाहरू सडकको काम सकिएपछि बेरोजगारजस्तै बने ।

नियमित आम्दानीको स्रोत नभएपछि नजिकैको कालीगण्डकी किनारमा बालुवा निकाल्ने र गिट्टी कुटेर जीविका गर्नुको विकल्प नभएको उनीहरू बताउँछन् । यहाँका करीब १५० मध्ये अधिकांश परिवार यही पेशामा छन् । वर्षाका बेला कालीगण्डकीको भेलले बगाउने बालुवा किनारमा थुपारेर हिउँदभर बेच्ने मुख्य पेशा हो । त्यसबाहेक गिट्टी कुटेर पनि बिक्री गर्छन् ।

“बर्खामा नदीमा बाढी आउँदा बालुवा निकाल्नै सकिन्नँ”, स्थानीय कला माझीले भन्नुभयो, “धेरै दिन बाढी आए भोकभोकै बस्ने हो ।” यो बस्तीमा सयजनाको हाराहारीमा महिला छन् । उनीहरूमध्ये ७० भन्दा बढी महिला बिहानैदेखि दिनभर बालुवा निकालेर किनारमा थुपार्छन् । केहीले भने बङ्गुर र कुखुरा पालेका छन् ।

कुश्मा, बागलुङ र बेनीका निर्माण व्यवसायीले यिनीहरूबाट प्रतिट्र्याक्टर रु दुई हजार २०० देखि रु दुई हजार ७०० मा बालुवा खरिद गर्छन् ।

व्यवसायीले किनेको बालुवा बजारमा रु पाँचदेखि छ हजारमा बिक्री गर्छन् । “हाम्रो पसिनामा पनि कमिसन खान्छन”, बालुवा निकाल्दै गरेकी प्रमिला गुरुङले भन्नुभयो, “ठेकदारले नाफा बढी लिँदा दुःख खेर गएको छ ।”

बालुवा बिक्रीमा व्यवसायीले लगाएको एकाधिकार ‘सिन्डिकेट’कै कारण श्रमिकले सिधै बिक्री गर्न पाउँदैनन् । यहाँका अधिकांश पुरुष निर्माण मजदूर तथा ट्र्याक्टरमा काम गर्छन् । केही खाडी मुलुकमा वैदेशिक रोजगारीमा छन् । विपन्न र गरीबीका कारण बालबालिकालाई राम्रो शिक्षा दिन सकेका छैनन् ।

विसं २०६३ मा निर्मित स्थानीय विद्यालयमा ३ कक्षामाथि पढाइ हुँदैन । मुस्किलले ३ कक्षा पढेपछि उपल्लो कक्षा पढ्न बागलुङ सदरमुकाम पुग्नुपर्छ । त्यहाँसम्म पुग्न एकतर्फी बस भाडा रु १० लाग्छ । दैनिक आउजाउ गर्दा रु २० । बसभाडा तिर्ने पैसाकै अभावमा ३ कक्षापछि अधिकांशले छोराछोरी विद्यालय पठाउँदैनन् ।

बस्तीमाथिको ढिस्को खसेर बेलाबेला भएको बास पनि तहसनहस पार्छ । दुई वर्षअघि खसेको पहिरोले यहाँका नौ वटा छाप्रा पुरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group