ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको कामले जनतालाई निराश बनाएको छ – नेता पौडेल


एबीसी न्यूज
९ कार्तिक २०७५, शुक्रबार   २ : ५५   बजे

जापान, ९ कात्तिक ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले वर्तमान सरकारले जनतालाई दुई तिहाईको सरकार छ भन्ने आभाष दिलाउन नसकेको दावि गर्नु भएको छ ।

नेपाल पत्रकार महासंघ-जापान शाखाले बिहीबार टोकियोमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले चुनावमा भनिएको दाविहरु सरकार गठन भएको आठ महिना भईसक्दा पनि काम र योजना विहिन बनेको आरोप लगाउनु भयो ।

उहॉले अहिलेको सरकारले काम होइन, कुराहरू मात्रै ठूलो गरेको आरोप लगाउँदै राम्रा काम गर्नका लागि नेपाली काँग्रेसले सरकारलाई बाधा-अवरोध नगरेको दावी गर्नुभयो। “हामीले ज़िम्मेवार प्रतिपक्ष भएर नराम्रा काम र दुई तिहाईको नाममा मनपरी नगर्न सरकारलाई खबरदारी मात्र गरिरहेका छौं”, पौडेललले भने,”काँग्रेसमा पनि आन्तरिक सुधारको आवश्यकता देखिएको छ र हामी त्यसलाई सच्याउँदै जाने क्रममा छौं ।” जापान भ्रमणमा रहेका पौडेलले जापानको शासन विधि, प्रविंधि र समृद्धिको आधार बुझ्न सकियो भने नेपालमा पनि धेरै विकास गर्न सकिने विश्वास व्यक्त गरनुभयो।

नेता पौडेलले “नेपाललाई समृद्ध बनाउने हो भने युवा अनि दक्ष जनशक्तिहरूलाई पलायन हुनबाट रोक्न सक्नुपर्दछ”, समृद्ध र विकसित राष्ट्रको आधुनिकीकरण गर्ने पनि मान्छे नै हुन, त्यसैले हामी नेपालीले गर्न नसक्ने भन्ने केही छैन् ।” उहॉले सबै राजनीतिक दलहरूको परराष्ट्र नीति एकै हुनुपर्नेमा जोड दिदै सबै देशलाई हेर्ने दृष्टिकोण सबै राजनीतिक दलको एकै भएमा मात्रै नेपालको आफ्नै पहिचान स्थापित गर्न सकिने भन्दै नेपालमा जापानको विकास, प्रविधि र जापानी पर्यटक भित्र्याउन सके नेपालको विकास र समृद्धिमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।

जापानवासी नेपाली र सरकारीस्तर दूतावासबाट जति प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने थियो,त्यो नभएको जस्तो देखिएकाले नेपाली दूतावासबाट जापानको विकास ,कूटनीतिक सम्बन्ध सुधार गरेर जानु पर्ने देखिएकोमा जोड़ दिनुभयो !

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group