ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला टोली विजयी


admin
१४ कार्तिक २०७५, बुधबार   ११ : ०९   बजे

काठमाडौं,१४ कात्तिक । ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मङ्गलबार साँझ भएको मैत्रीपूर्ण खेलमा बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० गोलले पराजित गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले एक÷एक गोल गरेका थिए । एन्फाका अनुसार खेलको १६औँ मिनेटमा सावित्राले गोल गरेकी थइन् । दीपाले ५५औँ तथा इन्दिराले ८२औँ मिनेटमा गोल गरेका थिए । तीन मैत्रीपूर्ण खेलका लागि नेपाली टोली गत शुक्रबार चीन गएको हो । अन्तिम खेल नेपाली टोलीले बेइजिङ फोनिक्ससँग आज खेल्नेछ । त्यसपछि नेपाली टोली कात्तिक १६ गते चीनबाट ओलम्पिक छनोट खेल्न म्यानमा जानेछ ।

नेपाली टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली रहेका छन् । ओलम्पिकको एसियन छनोटअन्तर्गत नेपाल रहेको समूहमा भारत, म्यानमा र बङ्गलादेश छन् । नेपालले कात्तिक २२ गते भारतसँग, २५ गते म्यानमा र २७ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीमा गोलकिपर एन्जिला तुम्बोप्पो सुब्बा, रुपा रानामगर, लीला लाम्गाडे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने तथा स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा रहेका छन् ।

फुटसल प्रतियोगिता शनिबार 

नर्थ वेस्टर्न प्राइवेट स्कूल अर्गनाइजेसन (नोप्सो) को आयोजनामा आगामी शनिबारदेखि अन्तर विद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । स्वयम्भू ठूलो भ¥याङको बुद्धचोक फुटुल पार्कमा हुने उक्त प्रतियोगितामा उपत्यकाका १२ विद्यालयको सहभागिता रहने नोप्सोका अध्यक्ष दिलीप रेग्मीले जानकारी दिनुभयो ।

विद्यालयबीच भाइचारा र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना हुन लागेको सो फुटसल प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुनेछ । “विद्यार्थीबीचको सम्बन्ध सुधार तथा लुकेका प्रतिभा बाहिर ल्याउने प्रतियोगिताको मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो । एक दिने सो प्रतियोगितामा सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिने र समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group