ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय फूल विस्थापन गर्न चाहन्छन् तिलोत्तमाका महिलाहरु


admin
१५ कार्तिक २०७५, बिहिबार   ५ : ०४   बजे

बुटवल, १५ कात्तिक ।  फूलैफूलले सिङ्गारिने पर्व तिहार नजिकिँदै गर्दा रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ३ का देवी वाग्लेलाई फूल फुलाउन, माला उन्न र फुलेका फूल टिपेर बजार पु¥याउन भ्याइनभ्याई छ । तिहारका लागि आवश्यक पर्ने फूल तथा माला तयार गर्न उहाँ सँगसँग व्यावसायिक फूल खेतीमा लागेका अन्य महिलाहरु बिहानदेखि दिनभरि नै ब्यस्त रहनुहुन्छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १६ मधवलियामा जग्गा भाडामा लिएर वाग्लेलगायत ८ जना महिलाको समूहले तिलोत्तमा सहकदम कृषि समूह स्थापना गरेर यसवर्षदेखि एक बिघा क्षेत्रफलमा पुष्प खेती शुरु गर्नुभएको हो ।

समूहमा रहेका आठै जना महिला कृषि ब्यवसायमा नितान्त नौलो हुनुहुन्छ । उहाँहरुलाई तिहार तथा अन्य महत्वपूर्ण कार्यक्रममा अत्यधिक रुपमा भारतीय फूल तथा माला प्रयोग हुने र आयातित भारतीय मालाले शरीरमा लगाएका कपडासमेत बिगार्ने देखेपछि फूल खेतीको सोच आएर शुरु गरिएको वाग्ले बताउनुहुन्छ ।

उहाँका अनुसार फूल खेती गर्ने योजनासहित संरचना बनाएर गत भदौमा चितवन र काठमाडाँैबाट बिरुवा मगाइयो र यस वर्ष मात्र झण्डै १५ हजार बिरुवा रोप्ने काम भयो ।

हिन्दूहरुको पर्व तिहार शुरु हुन अब करीब एक साता मात्र बाँकी छ । तिहारका लागि फूल टिप्ने र माला उन्ने कामका लागि समूहका सबै महिला थप ब्यस्त हुनुपरेको समूहका अध्यक्ष समेत रहनुभएका वाग्ले बताउनुहुन्छ । “तिहार नजिकियो, भर्खरै मात्र मालाको माग आएकाले समूहका सबैजना फूल टिप्न व्यस्त छौं,” उहाँले भन्नुभयो । तिहारमा मात्रै दुई हजारदेखि दुई हजार ५०० थान माला बिक्री हुने अपेक्षा उहाँले गर्नुभएको छ । मालाको मूल्य भने अहिले नै यकिन गर्न नसकिने उहाँको बुझाइ छ । “हेरौं बजारको मूल्य कसरी तय हुन्छ, हामीले पनि त्यसै अनुसार मूल्य तोक्नुपर्छ,” उहाँले भन्नुभयो ।

तिहारमा मात्रै लाखाँैका फूल आयात गर्न भारतीय बजार पुग्ने अवस्थामा स्थानीय बाँझो जग्गामा व्यावसायिक फूल खेती थाल्नु उपयुक्त नै होला भनेर खेती शुरु गरिएको र पहिलो पटकको व्यापारलाई हेरेर भविष्यमा फूलको व्यावसायिक खेती बढाउने योजना बनाएको उहाँ बताउनुहुन्छ ।

भारतबाट आएका फूलको माला अहिले बिक्री हुँदै आए पनि स्थानीय उत्पादनमा जोड दिइए र उत्पादन लागत कम गर्न सकिए भारतीय फूलको बजारलाई विस्थापन गर्न सकिने द्विविधा छैन । तर, स्थानीय उत्पादनको निरन्तरता, त्यसको बजारीकरण र बढी लागत चुनौतीका रुपमा रहेका छन् ।

तिहारमा मात्र नभएर बुटवल, भैरहवालगायत ग्रामीण क्षेत्रमा हुने मेला, महोत्सव र कार्यक्रमहरुमा मालाको प्रयोग अत्यधिक हुने गरेकाले आफूहरुको उत्पादनले बजारमा रामै्र स्थान पाउने उहाँको विश्वास छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाकै ड्राइभर टोलमा रहेको गुप्ता नर्सरीमा यतिबेला तिहारका लागि भनेर ढकमक्क फुलेका सयपत्री फूलका बिरुवा किन्नेको भीड नै देख्न पाइन्छ ।

गुप्ता नर्सरीले यस क्षेत्रमा व्यावसायिक नर्सरी खेती थालेको झण्डै चार दशक भन्दा बढी भयो । उक्त नर्सरीमा विभिन्न प्रजातिका सदाबहार तथा मौसमी फूल र फलफूलको व्यावसायिक खेती राम्रोसँग मौलाएको छ । उक्त नर्सरीको विभिन्न स्थानमा गरेर अहिले झण्डै ५ बिघा क्षेत्रफलमा फूल खेती हुने गरेको नर्सरीका सञ्चालक सुरेश गुप्ता बताउनुहुन्छ ।

उहाँको अनुभवमा तिहार तथा मेला महोत्सवका बेला मौसमी फूलहरुको अत्यधिक माग हुने गर्छ । सयपत्री, गोदावरीलगायतका फूल मात्रै हैन बिरुवासमेत राम्रै बिक्री हुने गरेको छ ।

रुपन्देही क्षेत्रमा तिहारका बेला मात्रै भारतीय बजारबाट नेपालमा लाखौं रुपैयाँको फूल तथा फूलका माला आयात हुने गरेको छ । यस बाहेक विवाह तथा मेला महोत्सवका अवसरमा सजाउनका लागि विभिन्न प्रकारका फूल तथा माला, फूलका गुच्छाहरु आयात हुने गरेको रुपन्देहीमा लामो समयदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएका रमेश पाण्डे बताउनुहुन्छ ।

तिहारका बेला रुपन्देहीमा खपत हुने फूल र मालामध्ये स्थानीय र पाल्पा जिल्लाबाट आउनेको हिस्सा करीब २५ प्रतिशत रहने अनुमान छ । बाँकी सबै भारतीय बजारबाटै आउने गरेको उहाँ बताउनुहुन्छ ।

भारतीय उत्पादनमा निर्भर नेपालको फूल तथा फूलजन्य बजारलाई विस्थापन गर्न प्रदेश ५ सरकारले चालु आर्थिक वर्षमा पुष्प उत्पादनलाई प्रोत्साहन दिन अनुदानका लागि रु १ करोड विनियोजन गरेको छ । अब छिट्टै नै प्रस्ताव आह्वान गरेर पुष्प खेतीमा लाग्न चाहने व्यवसायीहरुलाई छनौट गरी अनुदान वितरण गरिने प्रदेश सरकारका कृषि, सहकारी तथा भूमि व्यवस्था सचिव याम नारायण देवकोटा बताउनुहुन्छ ।

उहाँले भन्नुहुन्छ – “अनुदानका लागि छिट्टै नै प्रस्ताव माग्छौं र तिहार लगत्तै पाँच किसानलाई छनोट गरेर रु २० लाख अनुदान वितरण गर्दैछौं ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group