ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलम्पिक छनोट–नेपाल र म्यान्माको खेल बराबरीमा टुङ्गियो


एबीसी न्यूज
२६ कार्तिक २०७५, सोमबार   ६ : ५१   बजे

काठमाडौँ, २६ कात्तिक । महिला ओलम्पिक–२०२० को एसिया क्षेत्रको छनोट चरणको प्रारम्भिक चरणअन्तर्गत आज भएको खेलमा नेपालले म्यान्मासँग बराबरी खेलेको छ । म्यान्माको याङ्गोनस्थित थुनुवा स्टेडियममा भएको समूहको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली म्यान्मासँग १–१ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेको हो । यस खेलसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायम नै रहेको छ ।

नेपालका लागि खेल शुरुआती दोस्रो मिनेटमा सावित्रा भण्डारीले पेनाल्टीमार्फत गोल गरिन् । म्यान्माको डिफेन्डर वाई वाई औङले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

त्यस्तै खेलको पहिलो हाफको १३औँ मिनेटमा नै म्यान्माकी खेलाडी खिन मो वाईले १ गोल फर्काउँदै खेललाई १÷१ गोलको बराबरीमा ल्याइन् । यसअघि नेपालले आफ्नो पहिलो खेलमा भारतसँग पनि १–१ को बराबरी नै खेलेको थियो ।

यस खेलसँगै नेपालले अङ्क तालिकामा दुई अङ्क जोडेको छ भने भारत र म्यान्माले समान ४÷४ अङ्क जोडेका छन् । बङ्गलादेश भने अङ्कविहीन रहेको छ । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् ।

यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् । ओलम्पिकका लागि पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । ओलम्पिकको एशियन छनोटअन्तर्गत नेपाल रहेको समूह ‘सी’ मा भारत, म्यान्मा र बङ्गलादेश छन् । अब नेपालले समूह चरणको अन्तिम खेल यही कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बीवाईडी र साइमेक्स इन्कद्वारा प्रधानमन्त्री राहत कोषमा ७ करोड रुपैयाँ सहयोग

रसुवा बाढीमा पत्रकार टेकराज थामी र निराजन पौडेलका परिवारका पाँच सदस्य सम्पर्कविहीन

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu