ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्मनीलाई बराबरीमा रोक्दै नेदरल्याण्ड्स सेमिफाइनलमा


एबीसी न्यूज
४ मंसिर २०७५, मंगलबार   ८ : ०६   बजे


मंसिर ४, नेदरल्याण्ड्स यूईएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । सोमबार राति भएको खेलमा जर्मनीलाई २–२ गोलको बराबरीमा रोक्दै नेदरल्याण्ड्स अन्तिम चारमा प्रवेश गरेको हो ।

जर्मनीले लिएको पहिलो हाफको दुई गोलको अग्रतामा भर्जिल भान डिक र क्वीन्सी प्रोम्सले अन्तिम पाँच मिनेटमा गोल गरेपछि नेदरल्याण्ड्सले अन्तिम चारको यात्रा तय गरेको हो । २० मिनेटभित्र जर्मनीले दुई गोल गरेको थियो ।

नवौं मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । १९औं मिनेटमा लेरोई सानेले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाएका थिए । ८५औं मिनेटसम्म जर्मनीले दुई गोलको अग्रता कायम राख्यो ।

तर ८५औं मिनेटमा प्रोम्सले गोल गर्दै नेदरल्याण्ड्सलाई खेलमा फर्काए । ९०औं मिनेटमा भान डिकले गोल गरेपछि खेल बराबरीमा पुग्यो । बराबरीसँगै लिग एको समूह एकबाट शीर्ष स्थानमा रहँदै नेदरल्याण्ड्स सेमिफाइनलमा पुग्यो ।

उसले चार खेलबाट सात अंक बनाएको छ । समान अंक भएपछि गोल अन्तरका आधारमा पछि पर्दै फ्रान्स दोस्रो स्थानमा रह्यो । चार खेलबाट २ अंक जोडेको जर्मनी भने रेलिगेसनमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाबाढी: चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनायो

भोटेकोशीमा आएको बाढी: चीनतर्फको भूकम्पले होइन, पानीको मात्रा बढेर जोखिम

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu