ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइजको पहिलो जीत


admin
७ मंसिर २०७५, शुक्रबार   २ : ५८   बजे

काठमाडौं,७ मङसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै पहिलो जीत दर्ता गराएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेलमैदानमा आज भएको खेलमा ब्रिगेड ब्वाइजले विभागीय टोली एपिएफलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

यस जीतसँगै ब्रिगेड ब्वाइवले अङ्क तालीकामा तीन अङ्क बटुलेको छ ।
ब्रिगेड ब्वाइजको जीतमा मनोज राई, काजुदीन आदुनी र काजीम आदीबोकेले गोल गरे । खेलको पहिलो हाफसम्म गोलरहित बराबरीमा टुङ्गिएको खेलमा पहिलो अग्रता भने एपिपएफले लिएको थियो ।
खेलको दोस्रो हाफको ६० औँ मिनेटमा एपिएफले रूपबहादुर लामाको गोलमार्फत अग्रता लिएको थियो ।

लामाले गोल गरेको तीन मिनेट पनि बित्न नपाउँदै ब्रिगेड ब्वाइजका मनोजले एक गोल फर्काएर खेललाई बराबरीको स्थितिमा ल्याए । उनले करिब २० यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।

त्यस्तै खेलको ६९ औँ मिनेटमा ब्रिगेड ब्वाइजका अर्का खेलाडी काजुदीनले एक गोल थप्दै आफ्नो टिमको अग्रतालाई दोब्बर बनाए । उनले ६ यार्डबाट गोल गरेका थिए । त्यस्तै खेलको ७५ औँ मिनेटमा ब्रिगेड ब्वाइजकै काजिमले गोल गरेर जीत सुनिश्चित गरे ।

खेलको ८९ औँ मिनेटमा एपिएफ १० खेलाडीमा सीमित बनेको थियो । एपिएफका खेलाडी विश्वास उदासले फल्ट गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए । पराजित एपिएफको अङ्क तालीकामा ४ अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu