ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोटेश्वर–कलङ्की सडकमा थप छ आकाशे पुल बन्ने


admin
७ मंसिर २०७५, शुक्रबार   ४ : ०७   बजे

ललितपुर, ७ मङ्सिर । कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल बन्ने भएको छ । चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सो सडकमा तीन ठाउँमा पुल बनाउने सम्झौता भएको थियो । पैदल यात्रुलाई सडक काट्नका लागि असहज भएपछि थप सात ठाउँमा आकाशे पुल बनाउन सरकारले शुरु गरेको हो ।

चिनियाँ निर्माण कम्पनी सङ्घाइ निर्माण सेवा समूहलाई काठमाडौँ चक्रपथ सुधार योजनाले समन्वय गरिरहेको योजनामा कार्यरत इञ्जिनीयर नीरञ्जन शर्मा अर्यालले बताउनुभयो ।

योजनाले नै थप सात स्थानमा आकाशे पुलको जिम्मेवारी लिएको छ । उहाँले भन्नुभयो, “तीमध्ये कुनैमा काम शुरु भयो कुनैमा हुने क्रममा छ, कुनैमा भने ठेक्का सम्झौता हुन नै बाँकी छ ।”

चिनियाँ आफैँले कोटेश्वर, ग्वार्काे र बागडोलमा आकाशे पुलको निर्माण गरिसकेको छ । सरकारले गर्ने भनिएका सात ठाउँका आकाशे पुल दुई वर्षमा सकिने योजनाले जनाएको छ । बालकुमारी, सातदोबाटो, एकान्तकुना र बल्खुमा आकाशे पुल निर्माण भइरहेको छ ।

शर्माले भन्नुभयो, “चारै स्थानमा जगको काम सकिएर पिलरको काम अघि बढेको छ ।” महालक्ष्मीस्थान र सानेपामा भने काम शुरु भइसकेको छैन । यी दुई स्थानमा ठेक्का सम्झौता भइसकेकाले केही समय पछि काम शुरु हुनेछ । नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको यो सडकको ठेक्का सम्झौता आगामी डिसेम्वरमा सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu