ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बधिया भाले पालेर राम्रो आम्दानी


admin
७ मंसिर २०७५, शुक्रबार   ४ : ३५   बजे

घोराही, ७ मङ्सिर । घोराही उपमहानगरपालिका–१३ बडहरामा हर्क चौधरीको एउटा कुखुरा फार्म छ जहाँ करीब ३०० बढी कुखुरा छन् । उहाँले कुखुरा पाल्दै त आउनुभएको छ तर फरक तरिकाबाट भाले कुखुरालाई बधिया बनाएर अर्थात् भाले कुखुरालाई खसीको रुप दिएर नयाँ तरिकाले पाल्दै आउनुभएको छ । उसो त दाङ जिल्ला पहिलेदेखि नै बधिया भालेका रुपमा परिचित छ । अन्य जिल्लाबाट यहाँ आउनेहरु बधिया भालेको मासुको पारखी छन् ।

झट्ट हेर्दा अरु सबैले गर्दै आएको पेशाभन्दा उहाँले गर्दै आएको यो काम अलि फरक छ । उहाँले यो पेशा गर्न थालेको करीब सात वर्ष बढी भयो । जुन पेसाबाट मनग्य आम्दानीसँगै समाजमा एउटा छुट्टै नामसमेत उहाँले पाइसक्नुभएको छ ।

उहाँकी श्रमती जानका चौधरीका अनुसार हाल बधिया फार्ममा करीब ३०० बधिया भाले छन् । भाले पाल्नेका लागि मासिकरुपमा रु ३० देखि रु ४० हजार खर्च हुने गरेको छ । तर आम्दानी भने वार्षिक रु १० देखि १२ लाखसम्म हुने गरेको उहाँ सुनाउनुहुन्छ ।

एउटा बधिया भाले हुनका लागि चल्ला निकालेको करीब पाँच महीनामा भाले बास्न थाल्छ । भाले बास्ने भइसकेपछि भालेको भेटेनरी डाक्टरको सहयोगमा अण्डाशय निकाल्ने र शिर काट्ने काम हुन्छ ।

जब अण्डाशय निकालेर करीब दुई महीनाजति दानापानी खुवाएमा बधिया तयार हुन्छ । एउटा चल्ला निस्केको सातदेखि आठ महीनामा बधिया भाले तयार हुन्छ ।

हर्क चौधरी भन्नुहुन्छ, “अरु कुखुराको मासुभन्दा अति मीठो, कस्सिएको मासु हुन्छ भन्छन् र मान्छे घरमै लिन आउछन् ।” उहाँका अनुसार एउटा बधिया भाले करीब तीनदेखि साढे तीन किलोसम्म हुन्छ र त्यसको मूल्य रु तीन हजार पर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu