ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा जाडो छल्न चरा चितवनमा


एबीसी न्यूज
८ मंसिर २०७५, शनिबार   ७ : ४९   बजे

चितवन, ८ मङ्सिर ।   रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा जाडो छल्न यहाँ आइपुगेका छन् । हरेक वर्ष जाडो मौसममा चरा यहाँ आउने गर्दछन् ।

सौराहास्थित बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवं सल्लाहकार वासु बिडारीले पानीमा आश्रित खोया हाँस, चखेवा, लामठुडे हाँस, बेल्चाठुडे हाँसलगायत चरा मधेश र भित्री मधेशमा आइपुगेको बताउनुभयो ।

सबैभन्दा बढी चरा रुसको साइबेरियाबाट आउने गर्दछन् । नेपालबाट साइबेरियासम्मको दूरी १२ हजार किलोमिटरभन्दा बढी छ । ती चरा सगरमाथामाथिबाट समेत उडेर आउने गरेको उहाँको भनाइ थियो ।

लामो दूरीबाट आउने हुँदा ठाउँठाउँमा बस्दै जाडो छल्न आउने ती चाराले यो समयमा प्रजनन कार्य गर्दैनन् । असोज महीनादेखी नै आउन शुरु गरेका चरा चैत महीनामा फर्कने गरेको उहाँले जानकारी गराउनुभयो

नेपालकै हिमाली क्षेत्रबाट पनि चरा मधेश झरेका छन् । बिडारीका अनुसार १५० भन्दा बढी प्रजातिका चरा चितवन आइपुगेका छन् । पानीमा आश्रित ती चरा चितवन राष्ट्रिय निकुञ्जभित्रका ताल र राप्ती नदी वरपर बस्ने गर्दछन् । मङ्सिर १५ गतेपछि पानीमा आश्रित चरा गणना गर्ने गरिन्छ । गत वर्ष नेपाल बाहिरबाट ५२ प्रजातिका चरा यहाँ आएको उहाँले बताउनुभयो ।

उक्त सोसाइटीका अध्यक्ष सरस्वती सेढाईंले प्रत्येक वर्ष बाहिरबाट आउने चराका प्रजाति बढदै आएको छ भन्नुभयो । गणनाका बेला विभिन्न प्रजातिका निकै देख्न सकिने चरा साइबेरियाभन्दा परबाट समेत आउने भएपछि यस समयमा चरा हेर्न रुचाउने पर्यटक बढी आउने जानकारी उहाँले दिनुभयो ।

उक्त सोसाइटीका अनुसार नेपालमा ८८७ प्रजातिका चरा रहेकामा ६३५ प्रजाति चितवनमा पाइन्छन् । यहाँ रहेको चितवन राष्ट्रिय निकुञ्जमा गर्मीयाममा पनि चरा धेरै देख्न सकिने भएपछि पर्यटकको आकर्षण चरा पनि बन्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीबारे प्राविधिक प्रतिवेदन सार्वजनिक, बिहान ९:०५ बजे तिब्बततर्फबाट ठूलो बाढी प्रवेश भएको सूचना

रसुवा–नुवाकोटमा फेरि ठूलो बाढी आउने हल्ला निराधार : बाढी पूर्वानुमान महाशाखा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu