ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँका महिलामा आङ खस्ने समस्या बढ्दै


admin
८ मंसिर २०७५, शनिबार   २ : ०३   बजे

 बाँके, ८ मङ्सिर । बाँके जति सुगम जिल्लाका रुपमा चिनिन्छ त्यत्तिकै दुर्गम पनि छ । बाँकेको सबैभन्दा दुर्गम क्षेत्र राप्तीपारि विकासका हिसाबले समेत पछाडि परेको छ । सबै क्षेत्रबाट पछाडि परेको राप्तीपारिका स्वास्थ्य समस्या पनि उस्तै छ ।

पुरुषको तुलनामा सूचना, आर्थिक स्रोत र परिवारको निर्णायक तहमा महिलाको पर्याप्त पहुँच नहुँदा त्यस क्षेत्रका महिला स्वास्थ्य समस्याबाट बढी प्रभावित हुने गरेका छन् । सबैभन्दा बढी त्यस क्षेत्रका महिलालाई अन्य स्वास्थ्य समस्याभन्दा प्रजनन् स्वास्थ्य समस्याले बढी गाँजेको पाइएको छ ।

केही सुधारोन्मुख रहेको त्यस क्षेत्रको स्वास्थ्य सेवाले केही राहत भए पनि त्यहाँका महिलाले प्रजनन् स्वास्थ्यमा भोग्दै आएको समस्यामध्ये पाठेघर (आङ) खस्ने समस्या सबैभन्दा बढी छ ।

कामको बोझ, मानसिक तनाव, सरसफाइमा कमी, उमेर नपुग्दै विवाह गर्नु र असुरक्षित रूपमा सुत्केरी गराउनुले पनि महिलामा पाठेघर समस्या जटिल हुँदै गएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

आङ खस्ने समस्याबाट पीडित राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरकी ३२ वर्षीया लक्ष्मी चौधरीले दिनभर काममा खटिनुपर्दा समयमा खानपिनमा ध्यान दिन नसक्नुले पनि आप्mनो स्वास्थ्यको ख्याल गर्न नसकिएको अनुभव सुनाउनुभयो ।

उपचारका लागि आउने महिलामध्ये अधिकांश महिलामा आङ खस्ने समस्या देखिनुले पनि प्रजनन् स्वास्थ्यभित्र पाठेघरको समस्या अधिक रहेको देखिन्छ ।

“शिविर, स्वास्थ्यचौकी र अस्पतालमा उपचारका लागि आउने महिलामध्ये एक चौथाई महिलाको पाठेघर जटिल अवस्थामा पुगिसकेको हुन्छ, उनीहरुको शल्यक्रिया गर्नुबाहेक अन्य उपचार सम्भव नै हुँदैन”, जनस्वास्थ्य कार्यालयका सामाजिक स्वास्थ्य शाखा प्रमुख सरिता चन्दले भन्नुभयो ।

बाँकेका राप्तीपारि मात्र नभई ग्रामीण क्षेत्रहरु गनापुर, साइगाउँ, नौबस्ता, सोनपुर, टिटिहिरिया, महादेवपुरी, कम्दी, बेतहनी र रझेनाका दलित, मधेसी र सीमान्तकृत समुदायका महिला आङ खस्ने समस्याबाट पीडित रहेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

कम उमेरमा विवाह गरेका, असुरक्षितरूपमा बच्चा जन्माएका, गर्भावस्थामा पोषिलो खानेकुरा नखाएका महिलामा आङ खस्ने समस्या बढी देखिने गरेको तथ्याङकले देखाएको छ । पाठेघरपछि महिलाले भोग्नुपर्ने अर्को समस्यामध्ये गर्भावस्था तथा सुत्केरी अवस्था पनि हो । यो समस्याबाट शहरभन्दा गाउँका महिला नै अधिक पीडित हुने गरेका छन् ।

६ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिका रहेको बाँके जिल्लामा बर्थिङ सेन्टर र स्वास्थ्यचौकीमार्पmत जिल्ला जनस्वास्थ्य कार्यालयले गर्भवती, सुत्केरी तथा शिशुलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आए पनि ग्रामीण क्षेत्रमा सडक यातायातको अभाव, बजेटको अपर्याप्ततालगायतका कारण स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group