ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यापारी घर्तीमगरको हत्याको चौतर्फी निन्दा र बिरोध


admin
१४ मंसिर २०७५, शुक्रबार   २ : २१   बजे


दाङ,१४ मङसिर । घोराहीका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीमगरको हत्याको चौतर्फी निन्दा र बिरोध भएको छ ।

घोराही उपमहानगरपालिका १४ नयाँबसपार्कको माथिल्लो सेवार पुल नजिकै माडि हार्डवेयर पसल सञ्चालन गर्दै आउनुभएका मगरको विहिबार बेलुका छुरा प्रहार गरी घोराही १३ लामीडाँडा स्थित दुधेसोतामा हत्या भएको थियो ।

व्यवसायीको हत्याको बिरोधमा दाङ जिल्ला उद्योग बाणिज्य संघ, तुलसीपुर उद्योग वाणिज्य संघ, हार्डवेयर तथा पेन्ट व्यवसायी समिति घोराही, तुलसीपुर र नेपाल मगर संघ दाङले शोक बिज्ञप्ती जारी गरी हत्यारालाई कडा कार्वाहीको माग गरेका छन ।

दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले हत्याको बिरोध गर्दै शोकमा व्यवसायीहरुलाई पसल बन्द गर्न आह्वान गरेका छन ।

साथै उनले शान्ति सुरक्षालाई मजबुद बनाउन स्थानिय प्रहरी प्रशासनलाई आग्रह समेत गरेका छन । व्यवसाय सञ्चालनमा असुरक्षा देखिएको भन्दै उनले प्रत्याभुत हुने गरी सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेका छन ।

त्यसैगरी, हार्डवेयर तथा पेन्ट व्यवसायी समिति घोराहीले पनि शोक बिज्ञप्ती जारी गर्दै हत्यारालाई कडा कार्वाही गर्न र व्यवसाय सञ्चालनका लागि सुरक्षित बाताबरण बनाउन स्थानिय प्रशासन सँग माग गरेको छ । समितिका अध्यक्ष दामोद केसीले बिज्ञप्ती जारी गर्दै हत्याको घोरभत्र्साना गर्दै हत्याको शोकमा शुक्रबार सबै हार्डवेयर व्यवसाय बन्द गर्न पनि आग्रह गरे ।

त्यस्तै तुलसीपुर उद्योग बाणिज्य संघले शुक्रवार तुलसीपुरका सम्पूर्ण हाडवेयर पसलहरु बन्द गरेको छ । संघका कार्यबाहक अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा बसेको हार्डवयर व्यवसायी र संघको संयुक्त बैठकले व्यवसायीको निर्मता पूर्वक हत्या गरेको भन्दै दोषीलाई कडा कारबाही गरेर व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसंग माग समेत गरेको छ ।

विच नेपाल मगर संघ दाङले पनि आफ्ना संघका केन्द्रिय सदस्य समेत रहेका व्यवसायी नन्दबहादुर घर्तीमगरको हत्याको बिरोध गर्दै दोषिलाई हदै सम्मको कार्वाही गर्न माग गरेको छ ।

संघका अध्यक्ष सितलाल पुनमगरले जारी गरेको बिज्ञप्तीमा हत्याका बिषयमा निष्पक्ष छानविन गरी दोषीलाई कडा कार्वाही गर्न गरिएको छ ।

हत्या अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । हार्डवेयर पसलबाट सामान खरिद गर्ने र नन्दबहादुरलाई पैसा लिनका लागि लग्ने रोल्पा तालाबाङका अमर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चिनियाँ दूतावासको स्पष्टीकरण, ‘पूर्वसूचना नदिएको आरोप तथ्यहीन’

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकिँदै, विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu