ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच दिने पोल्याण्ड भ्रमण सकेर फर्किइन् राष्ट्रपति भण्डारी स्वदेश


admin
२० मंसिर २०७५, बिहिबार   १ : ४९   बजे


काठमाडौं,२० मङसिर । राष्ट्रपति विद्या भण्डारी पोल्याण्डको पाँच दिने औंपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ ।

राष्ट्रपति भण्डारी पोल्याण्डमा आयोजित संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धि महासन्धिको २४ औं सम्मेलनमा भाग लिई बिहिबार बिहान स्वदेश फर्कनु भएको हो ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल, मन्त्रीहरुलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । त्यस अवसरमा उहाँको सम्मानमा नेपाली सेनाले सलामी अपर्ण समेत गरेको थियो ।

सम्मेलनका क्रममा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनबाट हुने नकारात्मक असर न्यूनिकरणका लागि संयुक्त राष्ट्र संघसँग सहकार्य गरेर अघि बढने विषयमा गम्भिर छलफल गर्नु भ्रमण दलका संलग्न वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनु भयो ।

विमानस्थलमा पत्रकार सम्मेलन गरी उहाँले सम्मेलनमा सहभागी भएका राष्ट्र प्रमुखहरुसँग पनि राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको नकारात्मक असरलाई न्यूनिकरण गर्ने विषयमा औपचारिक-अनौपचारिक छलफल गर्नु भएको पनि बताउनु भयो ।

सम्मेलनकै अवसर पारेर राष्ट्रपति भण्डारीले पोल्याण्डका राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडासँग पनि द्धिपक्षीय भेटवार्ता गर्नु भएको छ । भेट दुवै मुुलुकबीचको सम्बन्ध विस्तार गर्न फलदायी भएको पनि मन्त्री बस्नेतले बताउनु भयो ।

सम्मेलनका क्रममा राष्ट्रपति भण्डारीले पोल्याण्डमा रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्नु भएको थियो । पोल्याण्डको कातोबीजेमा मंसीर १६ गतेदेखि सुरु भएको सो सम्मेलन आगामी मंसीर २८ गते सम्पन्न हुनेछ ।

राष्ट्रपति भण्डारी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गरेर स्वदेश फर्कनु भएको हो । सम्मेलनमा १ सय ९६ मुलुकका प्रतिनिधिहरु सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनमा पहिरोले बनेको ताल फुट्ने जोखिम, उद्धार कार्य स्थगित

१३ पुल बगाएपछि रसुवा सडक सम्पर्कविहीन, बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी

सम्बन्धित

हिमालयन रिइन्स्योरेन्सकी पूर्वसीईओ उपासना पौडेल पक्राउ

सुनको भाउमा निरन्तर गिरावट

बाढी प्रभावित नुवाकोट र रसुवामा ५०० थान सोलार पावर बैंक हस्तान्तरण

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

फर्पिङ चेकपोस्टबाट ५.२६ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई पक्राउ

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu