ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दश वर्षे द्धन्द्धकालबाट शान्ति प्रक्रिया सम्म आईपुग्दा देशमा थुप्रै उपलब्धी : अध्यक्ष प्रचण्ड


admin
२० मंसिर २०७५, बिहिबार   ६ : ३७   बजे

भैरहवा,२० मङसिर । नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले हालको अस्थाई प्रदेश राजधानीलाईनै स्थाई राजधानीका रुपमा अगाडी बढाउने गरी तयारी भएको बताएका छन् ।

सबैमा एक खालको सोच बसिसकेको अवस्थामा अब यसलाई नचलाउने गरी काम गर्ने बारेमा छलफल भएको उनले बताए । यसको सबै निर्णय प्रदेश सभाले गर्ने समेत उनले बताए ।

वर्तमान अवस्थामा अस्थाई राजधानीमा सबै प्रकारका संरचना पनि बनीसकेको र सर्वसाधारणमा एक खालको मानसीकता पनि बनिसकेको यसलाई चलाउन नहुनेमा आफुहरु रहेको बताए ।

संविधनमा यसको निर्णय गर्ने अधिकार प्रदेश सभालाई भएकाले प्रदेश सभालेनै यसको निर्णय हुने भएकाले अरु विषयमा बोल्न आवश्यक नभएको बताए ।

भैरहवामा विहिबार देखी सुरु भएको सातौं लुम्बिनी राष्ट्रिय महोत्सव २०७५,पर्यटन,कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्धघाटन गर्ने अध्यक्ष प्रचण्डले रुपन्देही जिल्ला आर्थिक चलायमानका हिसावले ऐतिहासिक रहेको भन्दै लुम्बिनीलाई पर्यटनसंग जोडेर राष्ट्रको समृद्धि हासिल गर्न सरकार लागिपरेको बताए ।

लुम्बिनीमा तेस्रो मुलुकका पर्यटक भित्र्याउन र उनीहरुको बसाई लम्बाउनका लागि म्यानमार,श्रृलंका लगायतका देशहरुसंग सिधै हवाई सम्बन्धका विषयमा छलफल गरिरहेको बताए । अहिलेको सरकारको मुख्य नै समृद्धि भएकोले यसको आधार तय गर्न उद्योगी व्यवसायीले लगानी गर्ने वातावरण छिट्टै तयार गर्ने प्रतिवद्धता जनाए ।

दश वर्षे द्धन्द्धकालबाट गुज्रेर शान्ति प्रक्रिया सम्म आईपुग्दा देशमा थुप्रै उपलब्धी भएको स्मरण गर्दै लोकतान्त्रिक गणतन्त्र त्यसैको उपज भएको बताए । लोकतन्त्रलाई बलियो बनाउन र देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सबै एकजुट हुनु पर्ने बेला भएको अध्यक्ष दाहालको भनाई थियो । यस्तै रुपन्देहीमा संचालित राष्ट्रिय गौरवका आयोजनाहरु समयमा पुरा गर्न सम्बन्धीत ठेकदारलाई निर्देशन समेत दिए ।

राम्रो काम गर्ने कम्पनीलाई पुरस्कृत र ढिला सुस्ती गर्ने निर्माण कर्ताहरुलाई दण्ड सजाय गर्ने प्रक्रिया सरकारले अगाडि बढाईसकेकोले यो समस्या केही हल हुने विस्वास व्यतm गरे ।

अर्को प्रसंगमा नेपाल बहुभाषिक,बहुधार्मिक र बहु सांस्कृतिक राष्ट्र हुनेछ भनेर नेपालको संविधानमा स्पष्ट उल्लेख गरिएको हुंदा धर्मको नाममा कुनै विवाद नल्याउन नेताहरुलाई आग्रह गरे ।

यस्तै कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्रनम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य घनश्याम भुषालले अहिलेको सरकारले देशलाई सहि निकास दिन नसके अर्को विकल्प नेपालमा नभएको ठोकुवा गरे । देशलाई समृद्ध बनाउने ठुलो जिम्मेवारी कम्युनिष्टको सरकारको कांधमा रहेको भन्दै जनताको भरोसा अनुरुप अहिलेको सरकार अगाडि बढिरहेको बताए ।

प्रदेशको राजधानीको विषयमा नेताहरु सडकमा बोल्दै हिड्नु साम्प्रदायिकता भएको टिप्पाणी गरे । संसदीय दलका प्रमुख सचेतक तथा नेपाली कांग्रसका केन्द्रिय सदस्य बालकृष्ण खांडले बहुमतका सरकारहरु पनि असफल भएको ईतिहास कोट्याउंदै सरकारलाई दुई तिहाइको दम्भ त्याग्न आग्रह गरे ।

उनले भने कुनै समय राणाको पनि प्रसस्तै बहुमत थियो । कार्यक्रममा प्रतिनिधी सभा सदस्य प्रमोद यादव,उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान,राप्रपाकाका वरिष्ठ उपाध्यक्ष दिपक बोहोरा,प्रदेशसभा सचेतक दधिराम न्यौपाने,लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय,प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना,सिद्धार्थनगर नगरपालिकाका मेयर हरि प्रसाद अधिकारी,उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष गुणनिधी तिवारी लगायतले बोल्दै रुपन्देही जिल्लाको विकासले नै सिंगो राष्ट्रको प्रतिनिधित्व गर्ने हुंदा यस जिल्लाका आयोजनामा संघीय सरकारले विषश ध्यान दिनु पर्ने बताए ।

संघका अध्यक्ष कुल प्रसाद न्यौपानेको अध्यक्षता तथा महासचिव नेत्र प्रसाद अचार्यको संचालनमा मेलाको उद्घाटन सत्र सम्पन्न भएको थियो । कार्यक्रम पुर्व विभिन्न झांकी सहितको र्यालीले नगर परिक्रममा गरेको थियो । पुष १ गतेसम्म संचालन हुने मेलाामा मायादेवी पेभिलियन समेत २७५ स्टलहरु रहेका छन् ।

कृषि पेभिलियन तर्फ २० हस्तकला तर्फ २५, औद्योगिक तर्फ ५५, होजेरी तथा गार्मेन्ट ६५ अटोमोबाईल तर्पm १३, बैक तथा वित्तिय संस्था ५, होटल तथा रेष्टुरेन्ट तर्फ १६, इलेक्ट्रोनिक्स ८, खाद्यान्न तर्फ १९, कस्मेटीक ४, शैक्षिक परामर्श, २, फुटवयर ९, स्वास्थ्य तर्फ २, पर्यटन तर्फ ७ वटा रहेका छन् । ११ दिनसम्म चल्ने मेलाामा २ लाख ५० हजार दर्शक ल्याउने र करीब १० करोडको कारोवार गर्ने आयोजकको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनमा पहिरोले बनेको ताल फुट्ने जोखिम, उद्धार कार्य स्थगित

१३ पुल बगाएपछि रसुवा सडक सम्पर्कविहीन, बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी

सम्बन्धित

हिमालयन रिइन्स्योरेन्सकी पूर्वसीईओ उपासना पौडेल पक्राउ

सुनको भाउमा निरन्तर गिरावट

बाढी प्रभावित नुवाकोट र रसुवामा ५०० थान सोलार पावर बैंक हस्तान्तरण

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

फर्पिङ चेकपोस्टबाट ५.२६ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई पक्राउ

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu