ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौ : उपप्रम महरा


admin
२ आश्विन २०७४, सोमबार   ३ : ४५   बजे

काठमाडौँ, २ असोज ।  उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्रसंघको ७२औँ महासभामार्फत नेपालको शान्ति प्रक्रियाको अवस्थाका बारेमा विश्व समुदायलाई स्पष्ट पारिने बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा महासभामा भाग लिन यही असोज ३ गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने सिलसिलामा रासस समाचारदाता भीष्मराज ओझासँग आइतबार आफ्नै कार्यकक्षमा कुरा गर्दै उहाँले विश्वले बुझ्ने गरी नेपालको शान्ति प्रक्रिया सफलरुपमा टुंगिएको जानकारी गराइने बताउनुभयो ।

प्रधानमन्त्री देउवा राष्ट्र संघको ७२औँ महासभामा भाग लिन यही असोज ३ गते २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री देउवाले यही सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्नुहुनेछ ।

“केही पश्चिमा मुलुकले नेपालको शान्ति प्रक्रियाको संक्रमणकालीन न्यायको विषयमा कुरा उठाएका छन्, हामी त्यस सम्बन्धमा नेपालको शान्ति प्रक्रिया सफलरुपमा अघि बढेको र त्यो अनुपम रहेको कुरा राख्छौँ, यो महत्वको विषयलाई विश्व समुदायसामु जानकारी गराउने हामीलाई अवसर पनि हो”, उहाँले भन्नुभयो ।

सोही सिलसिलामा अतिकम विकसित र भूपरिवेष्टित मुलुकका तर्फबाट महासभामा पेश गरिने संयुक्त घोषणापत्र तयारीको उच्चस्तरीय छलफलमा समेत नेपालको सहभागिता महत्वपूर्ण रहने उपप्रधानमन्त्री महराको धारणा थियो ।

यो बैठकले अतिकम विकसित मुलुक र भूपरिवेष्टित मुलुकले विश्व बजारमा पाउने व्यापार र पारवहन सुविधासम्बन्धी अन्तर्राष्ट्रिय अधिकारबारे संयुक्त घोषणापत्र तयार गर्नेछ । उहाँ महासभामा भाग लिने क्रममा आइतबार नै न्युयोर्क प्रस्थान गरिसक्नुभएको छ ।

परराष्ट्रमन्त्री महराले सेप्टेम्बर २१ मा त्यहाँ आयोजना हुने सार्क मन्त्रिस्तरीय बैठकको अध्यक्षता गर्नुुहुनेछ । सार्कको मन्त्रिस्तरीय बैठक बस्न नसकेको सन्दर्भमा यस बैठकलाई नेपालले ठूलो उपलब्धिका रुपमा लिएको छ ।

उपप्रधानमन्त्री महरा राष्ट्र संघको सुरक्षा परिषद्द्वारा आयोजित राष्ट्र संघको शान्ति स्थापनामा सुधारसम्बन्धी उच्चस्तरीय खुला छलफलका साथै राष्ट्र संघका महासचिवले आयोजना गर्ने यौन शोषण र दुव्र्यवहारबाट संरक्षण, दिगो विकासका लागि खानेपानी, मानव बेचबिखन, बालश्रम र बँधुवा मजदुर प्रथा अन्त्य विषयका उच्चस्तरीय बैठक तथा छलफलमा सहभागी हुनुहुनेछ ।

महासभाका दौरान न्युयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री सेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने उपप्रधानमन्त्री महराले जानकारी दिनुभयो । सोही दिन प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री देउवा सेम्टेम्बर २४ मा ओमनको मस्कटका लागि प्रस्थान गर्नुहुनेछ । त्यहाँ उहाँले खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र सुरक्षाबारे निर्देशन दिनुहुने कार्यक्रम रहेको उपप्रधानमन्त्री महराले बताउनुभयो ।

नेपालले राष्ट्र संघीय मानवाधिकार परिषद्को सदस्यमा उम्मेदवारी दिएको र महासभा बैठकका क्रममा नेपालको पक्षमा समर्थन खोजिने उहाँले जानकारी गराउनुभयो । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल सेप्टेम्बर २८ मा स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Chinese Ambassador Meets with Nepali Foreign Secretary

Pokhara Tourism Entrepreneurs Seek UAE Ambassador’s Support for New Dubai Flights

Brazil Fines TikTok $30 Million Over Child Data Privacy

Kennedy Center Faces Potential Demolition, Trump Administration Warns

Nepal Minister Emphasizes Public Interest, Press Freedom Amid Media Transformation

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu