ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्या प्रकरणः पक्राउ परेका २ जना आरोपित फरक समयमा प्रहरी नियन्त्रणमै रहेको खुलासा


एबीसी न्यूज
२३ मंसिर २०७५, आइतबार   १२ : ५७   बजे

काठमाडौ‌, २३ मंसिर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न भएका आरोपित निर्दोष हुने संकेत देखिएको छ ।

हत्या आरोपमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रदिप रावल, बिशाल चौधरी र दिनेश चौधरी निर्मलाको बलात्कार पछि हत्याका दिन फरक समयमा प्रहरी नियन्त्रणमै रहेको खुलासा भएको हो ।

साउन ९ गते राति कञ्चनपुरको भीमदत्तनगर–१८ भगतपुरमा पाले चौधरीले सञ्चालन गरेको मासु पसलबाट कुखुरा चोरी हुन्छ । पाले चौधरी बिहानै अस्थायी प्रहरी चौकी सालघारीमा उजुरी लिएर पुग्छन् । पालेकै शंकाको आधारमा प्रहरीले स्थानीय प्रदीप रावललाई साढे १० बजेको समयमा पक्राउ गर्छ । प्रदीपले आफूले कुखुरा नचोरेको र विशालले चोरेको हुनसक्ने बताएपछि प्रहरीले प्रदीपलाई साढे १० बजेदेखि ११ बजेको समयमा छाडिदिन्छ । १० गते साँझ ६ बजे आसपासको समयमा कुखुरा चोरेको आरोपमा स्थानीय विशाल चौधरी पक्राउ पर्छन् ।

साँझ पक्राउ परेका विशाललाई वडा प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । साउन ११ गते बिहान ११ बजेसम्म पनि पाले चौधरीले प्रहरीमा सम्पर्क नगरेपछि विशाललाई प्रहरीले छाडेको थियो । साउन १० गते प्रदीप र विशाललाई प्रहरीले पक्राउ गरेको थियो । तर बिहान ११ बजेअघि नै साउन १० गते प्रदीप छाडिएका थिए भने साँझ ६ बजे पक्राउ परेका विशाल ११ गते बिहान छुटेका थिए । अनुसन्धानका क्रममा निर्मला पन्तको हत्या साउन १० गते दिउँसो २ देखि ३ बजेको समयमा भएको हुनसक्ने खुलेको छ । जबकी निर्मलाको हत्या दिउँसै भए पनि शव व्यवस्थापन १० साउन राति परेको पानी थाकेपछि गरिएको लगभग पक्का देखिन्छ । प्रत्यक्षदर्शी र उपलब्ध भिडियो फुटेज अनुसार ११ साउन १० बजे शव पाइएको स्थान नजिक निर्मलाका किताब नभिजेको अवस्थामा पाइएका थिए । १० साउन रातभर त्यसक्षेत्रमा घनघोर बर्सात भएको थियो ।

निर्मला पन्त साउन १० गते बिहान ११ बजे घरबाट निस्किएकी उनी बेपत्ता भएकी थिइन् । त्यसको भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।

उनीहरूको बयानमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैँ उपस्थित भएका थिए । आईजीपीको उपस्थितिमा भएको बयानमा प्रदिपले आफू हत्यामा संलग्न रहेको प्रारम्भिक बयान दिएको प्रहरी स्रोतले बतायो । प्रहरीले उनीहरुबारे सार्वजनिक गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनमा पहिरोले बनेको ताल फुट्ने जोखिम, उद्धार कार्य स्थगित

१३ पुल बगाएपछि रसुवा सडक सम्पर्कविहीन, बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी

सम्बन्धित

हिमालयन रिइन्स्योरेन्सकी पूर्वसीईओ उपासना पौडेल पक्राउ

सुनको भाउमा निरन्तर गिरावट

बाढी प्रभावित नुवाकोट र रसुवामा ५०० थान सोलार पावर बैंक हस्तान्तरण

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

फर्पिङ चेकपोस्टबाट ५.२६ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई पक्राउ

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu