ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद राजन केसीको संयोजकत्वमा वाइडबडी खरिदबारे छानविन गर्न उपसमिति गठन


एबीसी न्यूज
२६ मंसिर २०७५, बुधबार   ६ : ०८   बजे


काठमाडौँ, २६ मंसिर । संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिले वाइडबडी विमानबारे छानविन गर्न एक उपसमिति बनाएको छ । बुधबार बिहान बसेको बैठकले कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा उपसमिति गठन गरेको हो।

उपसमितिमा सांसदहरु प्रेम आले र कृष्णलाल महर्जन (नेकपा), धर्मशिला चापागाइँ, प्रदीप यादव (फोरम), चन्दा चौधरी (राजपा), मिना सुब्बा (कांग्रेस) छन्।

यो उपसमितिलाई आवस्यक छानविन गरी प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ । उपसमितिले वाइडबडी खरिदको क्रममा समितिले वायु सेवा निगम, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सार्वजनिक खरिद कार्यालयले दिएको कागजपत्रमा अध्ययन गरी छानविनको कार्यक्षेत्र दिइएको छ।

निगमले असार १४ मा पहिलो वाइडबडी जहाज र साउन १० गते अर्को वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र्याएको थियो। निगमले दुई वाइडबडी २४ अर्ब रुपैयाँमा खरिद गरेको बताउँदै आएको छ।

वाइडबडी किन्ने क्रममा सार्वजनिक खरिद प्रकिया मिचिएको र रकम अनियमितता भएको सरोकारवालाले बताएका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले जहाज खरिद गर्दा टेन्डर प्रक्रियादेखि नै गडबडी देखिएको ठहर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group